कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

जुत्ता मेला ८० हजार दर्शक

काठमाडौँ — शुक्रबारबाट सुरु भएको जुत्ता–चप्पल तथा छालाजन्य वस्तुको औद्योगिक प्रदर्शनीमा बुधबारसम्म ८० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । 

जुत्ता मेला ८० हजार दर्शक

भृकुटीमण्डपमा चलिरहेको प्रदर्शनीमा उपभोक्तालाई १५ प्रतिशतसम्म छुट छ । मेलामा १४० वटा स्टल छन् । जुत्ता–चप्पल उद्योग, छालाजन्य वस्तु उत्पादक र यस उद्योगका लागि आवश्यक कच्चा पदार्थ उत्पादक तथा वितरकको सहभागिता छ ।

छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, युनिफर्म–जुत्ता, जेन्ट्स तथा लेडिज चप्पल र यस उद्योगसँग सम्बन्धित कच्चा पदार्थ प्रदर्शनीमा छन् । ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारासाथ १५ औं प्रदर्शनी जारी छ ।


आयोजक समितिका संयोजक नवराज गौतमका अनुसार प्रदर्शनीमा सेलेब्रिटी, सांसद, नेता, व्यवसायीहरू प्रशस्त आउने गरेका छन् । बुधबार सांसद पम्फा भुसाल, विरोध खतिवडा, कोमल ओली र टोखा नगरपालिकाका मेयर मेलामा पुगेका थिए ।


यसअघि रक्षामन्त्री ईश्वर पोख्रेल, अभिनेत्री सञ्चिता लुइँटेल, प्रियंका कार्की, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, मिस नेपाल शृंखला खतिवडाले प्रदर्शनी अवलोकन गरेका थिए ।


नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना प्रदर्शनीमा सहभागी भएको विज्ञप्तिमा छ ।


विदेशी जुत्ता–चप्पल र छालाजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको संयोजक गौतमले बताएका छन् । स्वदेशी उत्पादनको बजार र निर्यात प्रवद्र्धनका लागि प्रदर्शनी महत्त्वपूर्ण हुने उनको अपेक्षा छ ।

प्रकाशित : पुस १९, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?