कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

वीरगन्जमा चारतारे होटल

आदर्शनगरमा रहेको आठतले होटलमा ६० वटा कोठा, चार वटा स्विट रुम, दुइटा ठूला ब्यांक्वेट हल, स्विमिङ पुल, रेस्टुरेन्ट, जिम, स्पा र क्यासिनो छन्
कान्तिपुर संवाददाता

वीरगन्ज — मुलुकको प्रमुख व्यापारिक केन्द्र वीरगन्जमा चारतारे होटल सञ्चालनमा आएको छ । करिब एक अर्ब रुपैयाँ लगानीमा वीरगन्जको आदर्शनगरमा दियालो लड्र्स प्लाजा होटल सञ्चालनमा आएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले बुधबार उक्त होटलको उद्घाटन गरेका हुन् ।


सहरको मुख्य व्यापारिक क्षेत्र आदर्शनगरमा रहेको आठतले होटलमा ६० कोठा, चार वटा स्विट रुम, दुई ठूला ब्यांक्वेट हल, चौथो तलामा स्विमिङ पुल, दुई वटा रेस्टुरेन्ट एन्ड बार, जिम हाउस, स्पा र क्यासिनो छन् । होटललाई आधुनिक रूपमा सञ्चालनमा ल्याउन भारत मुम्बईको होटल व्यवस्थापन कम्पनीलाई अनुबन्धित गरिएको छ ।


वातानुकुलित रहेका सबै कोठाको सजावटमा उत्कृष्ट सामग्री प्रयोग गरिएको छ । ठूला कार्यक्रम गर्न सुविधा सम्पन्न दुई वटा कन्फ्रेन्स हल छन् । ब्यांक्वेट हललाई विभाजन गरी दुई सय क्ष्ँमताका चार वटा ब्यांक्वेट हल बनाउन सकिने गरी निर्माण गरिएको छ ।


वीरगन्जको पुरानो बसपार्क नजिकै ४३ वर्ष अगाडिदेखि सञ्चालनमा आएको दियालो सहरको पुरानोमध्येको एउटा होटल हो । हालका सञ्चालकले छ वर्ष अगाडि उक्त होटल खरिद गरेका थिए । ‘दुई वर्षसम्म हामीले होटल चलायौं,’ सञ्चालकमध्येका एक विशाल पटवारी भन्छन्, ‘चलाउन सकेनौं, यसलाई पुनर्निर्माण गर्ने सोचमा पुग्यौं ।’ करिब चार वर्ष लगाएर अहिलेको संरचना तयार भएको उनले जानकारी दिए ।


‘भूकम्प र मधेस आन्दोलनले होटल निर्माणमा केही ढिलाइ भएको हो,’ उनले भने, ‘होटलले वीरगन्जको मात्र नभई प्रदेश नम्बर २ कै विकासमा टेवा पु¥याउ“छ ।’ होटलका निर्देशक एवं संविधानसभा सदस्य अनील रुंगटाले काठमाडौंमा मात्र नभई वीरगन्जजस्ता महत्वपूर्ण सहरमा समेत ठूला लगानी भित्र्‌याउन आवश्यक रहेको औंल्याए ।


होटल व्यवसायीका अनुसार मुलुकको आयात निर्यातको प्रमुख नाका र बारा–पर्सा औद्योगिक कोरिडोरमा व्यापारिक प्रयोजनका लागि आउने आगन्तुक वीरगन्जमा स्तरीय होटल नभएको गुनासो गर्थे । ठूलो लगानीको होटल सञ्चालनमा आएपछि स्तरीय होटलको नाममा ग्राहक अन्यत्र नजाने उनीहरूको दाबी छ ।


उद्घाटन समारोहमा उपस्थित सांसद एवं उद्योगपति विनोध चौधरीले मुलुकको प्रवेशद्वार मानिएको वीरगन्जमा खुलेको होटलले अतिथि सत्कारको प्रतिविम्बका रूपमा उभेको बताए । ‘ठूला लगानीको होटलले पर्यटन क्षेत्रमा योगदान पु¥याउ“छन्,’ उनले भने, ‘पटकपटकको आन्दोलनले पीडित वीरगन्ज यस खालको लगानीले व्यापारिक माहोल सुधार्छ ।’ मुख्यमन्त्री लालबाबु राउत गद्दीले दियालो होटलको लगानीले अन्य उद्योगी व्यवसायीलाई पनि यस प्रदेशमा लगानी गर्न उत्प्रेरणा दिने बताए ।


‘प्रदेश नम्बर २ कै नमुना होटल हो,’ उनले भने, ‘प्रदेशको विकासका लागि सराहनीय कार्य भएको छ ।’ कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा उदारीकरण आए पनि अहिलेको सरकारमा नया“ लगानी नभित्रिएको बताए ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?