कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

मध्यभोटेकोसीका ठेकेदारलाई सचेतपत्र

अनिश तिवारी

सिन्धुपाल्चोक — निर्माण व्यवसायी र परामर्शदाताबीच विवाद हुँदा दुई महिनादेखि रोकिएको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको बाँधस्थल र पावर हाउसको कामबारे छलफल थालिएको छ । 

मध्यभोटेकोसीका ठेकेदारलाई सचेतपत्र

निर्धारित समयमा काम नसकेकाले ठेकेदार चिनियाँ ग्वान्सी हाइड्रोलाई कार्यशैली सच्याउन सूचना दिइएको छ । ‘चिनियाँ ठेकेदार ग्वान्सी हाइड्रोलाई ‘नोटिस टु करेक्ट’ पठाइसकेका छौं,’ मध्यभोटेकोसी जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक मणिराम काफ्लेले भने । उनले ग्वान्सी हाइड्रोका प्रतिनिधिलाई बोलाएर यहाँको अवस्थाबारे जानकारी दिएको सुनाए ।


अहिले कम्पनीको डेपुटी जनरल मेनेजरले सबै जिम्मेवारी लिएर व्यवस्था मिलाइरहेका छन् । ‘यसबारे चरणबद्ध रूपमा तेस्रोपटकसम्म छलफल गरिसकेका छौं, ठेकेदार पक्षले लिखित रूपमा जवाफ फर्काएको छैन,’ उनले भने । ठेकेदार पक्षले मौखिक रूपमा सुधार गर्ने प्रतिबद्धता जनाउँदै आए पनि समयमा काम गर्न नसकेको उनले प्रस्ट्याए ।


चिनियाँ ग्वान्सी हाइड्राले झन्डै ८ अर्बमा सुरुङ र पावर हाउस निर्माणको ठेक्का लिएको थियो । दुई वर्षअघि सकिनुपर्ने आयोजना विभिन्न अवरोधका कारण नसकिएपछि २०१९ को जुलाईसम्म समय थपिएको छ । १२ अर्ब २८ करोड लागत लाग्ने अनुमान गरिएको मध्यभोटेकोसीको लागत बढेर १४ अर्ब ८४ करोड पुगेको छ ।


‘ग्वान्सीले ५० प्रतिशत सकेको भने पनि ४२ प्रतिशत मात्रै सम्पन्न भएको पाइएको छ,’ उनले भने । भोटेकोसी गाउँपालिकाको चाकुस्थित निर्माणाधीन आयोजनाको बाँधस्थलको ढलानको विषयलाई लिएर ग्वान्सी र परामर्शदाता जर्मनको ट्र्याकबेलबीच असहमति सुरु भएको थियो । बाँधस्थलको काममा संलग्न जर्मनीको ‘ल्यामेर’ लाई ट्र्याकबेल कम्पनीले स्वामित्व लिएपछि ड्यामको १५ प्रतिशत काम सकिएको आयोजनाका प्रमुख सुनिलकुमार लामाले बताए । ‘तीव्र गतिमा काम भइरहेको बेला आर्थिक अभाव देखाउँदै आएको छ, उपकरण प्रयोगलाई लिएर निर्माण कार्यमा ग्वान्सी हाइड्रोले विवाद देखाएको छ,’ उनले भने ।


भोटेकोसी गाउँपालिकाको मार्मिङस्थित चाकु बजारमा भोटेकोसी थुनेर १० मिटर अग्लो बाँधस्थलसँगै करिब ७ दशमलव १ किमि सुरुङ बनाउने लक्ष्य राखिएको थियो । ‘आयोजनाको बाँधस्थल, पावर हाउसबाहेक उपकरण, निर्माण सामग्रीदेखि आर्थिक अभावले गर्दा काम रोकिएको छ,’ उनले भने ।


दुई वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको मध्यभोटेकोसीले मुख्य टनेल, अडिटसँगै अन्य काम गरिरहेको थियो । १ जनवरी २०१४ बाट सुरु भएको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको काम वषैपिच्छे विपत्तिले रोकेको थियो ।

प्रकाशित : वैशाख २, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?