कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीएसजीमा विभागको छापा

काठमाडौँ — वैदेशिक रोजगार विभागले मलेसिया जाने कामदारको बायोमेट्रिक सुरक्षा जाँच गर्ने जीएसजी सर्भिस प्रालिको कार्यालयमा मंगलबार छापा मारेको छ ।

जीएसजीले सरकारको स्वीकृतिबिना मलेसिया जाने नयाँ कामदारको बायोमेट्रिक सुरक्षा जाँच गरिरहेको भन्ने सूचनाको आधारमा विभागले छापा मारेको हो । कामदारको सुरक्षा जाँच गरेपछि मात्रै भिसा प्रक्रिया सुरु हुन्छ ।


सरकारले मलेसियातर्फ नयाँ कामदारको श्रम स्वीकृतिको प्रक्रियालाई पूर्ण रूपमा रोकेको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले जनवरी १ देखि अहिलेसम्मको सबै रेकर्डहरू माग गरेको बताए । जीएसजीले काठमाडौंस्थित मलेसियन दूतावासको अनुमति लिएर मात्रै रेकर्डहरू हेर्न दिने भन्दै एक दिनको समय मागेको छ ।


प्रहरीका अनुसार कम्पनीका सञ्चालक गोविन्द थपोलिया फरार सूचीमा छन् । शक्ति केन्द्रको आडमा उनलाई पक्राउ गरिएको थिएन । गत कात्तिकमा श्रम सम्झौता भएपछि मात्रै यो कम्पनीले वैधानिकता पाएको थियो । सेवा दिएबापत कम्पनीले कामदारसँग ३२ सय शुल्क लिने गरेको थियो ।


प्रकाशित : जेष्ठ १, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?