कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहायक उद्योग बन्द गर्दै युनिलिभर

हेटौंडा — बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडले स्थानीय उद्योगीहरूले सञ्चालन गरिरहेका सहायक उद्योग बन्द गर्न थालेको छ । युनिलिभरका हेटौंडामा तीन सहायक उद्याेग छन । ती मध्ये २ वटा उद्योग बन्द गरिसकेको छ । उद्योगी र मजदुरहरूलाई क्षतिपूर्ति लगायत रकम भने उपलब्ध गराएको छैन ।

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको युनिक सोप एन्ड केमिकल इन्डस्टि्रज ८ महिनाअघि नै बन्द भइसकेको छ । उक्त उद्योगमा कार्यरत मजदुरहरूले युनिलिभरबाट क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । उद्योगी नवराज अर्यालले पनि उद्योगले पाउनुपर्ने रकम पाएका छैनन् । उक्त उद्योगमा एक सय ११ जना कामदार कार्यरत थिए । युनिक सोप ५ किसिमका सर्फ उत्पादन गरिरहेको थियो ।


यस्तै हेटौंडा औद्योगिक क्षेत्रमै एक दशकदेखि सञ्चालित गंगा सोप एन्ड केमिकल इन्डस्टि्रजका कामदार पनि एक महिनादेखि आन्दोलनरत छन् । यो पनि युनिलिभिरकै सहायक उद्योग हो । उद्योगमा उत्पादित कच्चा पदार्थ युनिलिभरले लिएको छैन । उद्योग बन्द गरेपछि मजदुरहरूलाई क्षतिपूर्तिस्वरूप दिनुपर्ने रकम पनि दिएको छैन । क्षतिपूर्तिको रकम माग गर्दै मजदुर आन्दोलनमा छन् ।


उक्त उद्योगका सञ्चालक इन्द्रबहादुर बानियाले पनि युनिलिभरबाट पाउनुपर्ने २ करोड रकम भुक्तानी पाएका छैनन् । युनिलिभरका व्यवस्थापकहरूसँग पटक-पटक वार्ता गर्दा उनीहरूले मजदुरहरूलाई क्षतिपूर्ति र उद्योगले पाउनुपर्ने रकम उपलब्ध नगराएको बानियाले बताए । 'युनिलिभरको मिचाहा प्रवृत्ति छ, स्थानीय उद्योगीहरूलाई दुःख दिने नियत देखिन्छ,' बानियाले भने ।

प्रकाशित : जेष्ठ ६, २०७६ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?