कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनको भाउ लगातार वृद्धि, शुक्रबार प्रतितोला ६५ हजार

राजु चौधरी

काठमाडौँ — सुनको भाउले शुक्रबार फेरि नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासघका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २५ अमेरिकी डलरले बढेर प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ ।

सुनको भाउ लगातार वृद्धि, शुक्रबार प्रतितोला ६५ हजार

‘बिहीबार प्रतिऔस १३ सय ८० अमेरिकी डलर थियो । शुक्रबार पुन: बढेर १४ सय ५ डलर पुगेको छ,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘शुक्रबारको मूल्य फेरि नयाँ रेकर्ड हो ।’ महासंघले बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार गरेको थियो । उक्त मूल्य हालसम्मकै उच्च भएको जनाएको थियो ।


शुक्रबार पुन: प्रतितोला १ हजारले बढेर नयाँ रेकर्ड कायम भएको शाक्यको दाबी छ । महासंघका अनुसार १५ दिनअघि न्युयोर्क मार्केटमा २०१९ को अन्तिमसम्म सुनको भाउ प्रतिऔस १४ सय डलर पुग्ने आकलन गरिएको थियो । तर, जुन २१ मै प्रतिऔस १४ सय डलर नाघेको छ । ‘अमेरिका र इरानको विवादले लगानीकर्ताहरु सुनमा आकर्षित भइरहेका छन्,’ उनले भने, ‘जसले गर्दा भाउ थप बढ्ने संकेत देखिएको छ ।’


प्रकाशित : असार ६, २०७६ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?