कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चामलकै आयात बढी

रूपा गहतराज

(नेपालगन्ज) — नेपालगन्ज भन्सारबाट सबैभन्दा बढी चामल आयात भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ११ करोड ५७ लाख ५७ हजार ५ सय ३ किलो चामल भित्रिएको हो । जसबाट ४६ करोड ५१ लाख रुपैयाँ राजस्व असुल भएको छ । आव ०७३/७४ मा ८ करोड २७ लाख ८४ हजार २ सय ४५ किलो चामल भित्रिएको थियो । 

घरायसी प्रयोजनका लागि भन्दै यहाँ राजस्व नतिरी भारतबाट चामल ल्याउनेको संख्या ठूलो छ । पेट्रोलियम पदार्थको आयातबाट सबैभन्दा बढी राजस्व संकलन हुने गरेको छ । चालु वर्षको जेठ मसान्तसम्म १ लाख ५० हजार ७ सय ७४ किलोलिटर (केएल) डिजेल भित्रिएको छ । ३५ हजार ३ सय १२ केएल पेट्रोल र ३ करोड १३ लाख १२ हजार ६५ किलो एलपी ग्यास भित्रिएको छ । डिजेलबाट २ अर्ब ९३ करोड ६८ लाख ५३ हजार रुपैयाँ असुल गरेको छ । पेट्रोलबाट १ अर्ब २६ करोड २४ लाख ४१ हजार र एलपी ग्यासबाट ४८ करोड ३७ लाख ९८ हजार रुपैयाँ राजस्व असुल गरेको नेपालगन्ज भन्सारका निमित्त प्रमुख शरदकुमार केसीले बताए ।


निमित्त प्रमुख केसीले यहाँबाट पेट्रोलियम पदार्थ, सवारी साधन, सिमेन्ट, तोरी, चिनी, चामल, पत्थर कोइला, कपडा, मोटर पार्टस आदि बढी आयात हुने गरेको बताए । तेस्रो मुलुकबाट अल्मोनियम स्क्रेप, कपर स्क्रेप, प्लास्टिक दानालगायत वस्तु पैठारी हुन्छ । खयर कत्था, जडीबुटी, अदुवा, सुठो आदि भारत निकासी हुने वस्तु हुन् । गहुँको पिठो, राँगा–भैंसीको मासु, जटामसी मार्क तेस्रो मुलुक निर्यात हुने गरेका छन् ।


अब दैनिक ३ करोड ५५ लाख

लक्ष्य हासिल गर्न यस भन्सारले अब १५ दिनसम्म दैनिक ३ करोड ५५ लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ । चालु आवका लागि १२ अर्ब ३३ करोड १ सय १६ रुपैयाँ राजस्व संकलन लक्ष्य रहेको छ । भन्सारले सोमबारसम्म ११ अर्ब ७९ करोड ६६ लाख ३० हजार रुपैयाँ संकलन गरेको छ । भन्सारले लक्ष्य प्राप्तिका लागि अब ५३ करोड ३४ लाख ८६ हजार असुली गर्न बाँकी छ । चालु वर्षको पहिलो तीन महिनामा मासिक लक्ष्यभन्दा बढी राजस्व असुली गरेको भन्सारले त्यसपछि भने लक्ष्यभन्दा कम राजस्व असुली गरेको हो । गत ६ वर्षको तथ्यांक हेर्दा गत आव ०७४/७५ मा लक्ष्यभन्दा बढी राजस्व असुली भएको देखिन्छ । ८ अर्ब ३७ करोड ६४ लाख ५२ हजार असुली लक्ष्य राखेकामा भन्सारले ९ अर्ब ८१ करोड ९५ हजार २८ लाख रुपैयाँ असुली गरेको थियो ।

प्रकाशित : असार १९, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?