कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्से घट्यो

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे २ अंकले घट्यो । अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशतले घटेर नेप्से १ हजार २ सय ७२.४९ विन्दुमा ओर्लेको छ ।

सो दिन १ हजार २ सय ७५.७१ विन्दुबाट सुरु भएको परिसूचक बढेर दोस्रो घण्टामा १ हजार २ सय ८३.५९ विन्दुसम्म पुगेको थियो । त्यो वृद्धि धेरै बेर टिकेन । त्यसपछि ओरालो लागेको नेप्से २.३७ अंकले घटेको हो ।


यो साताका चार कारोबार दिन नेप्से बढे पनि अन्तिम दिन घटेको हो । गएको चार दिनमा नेप्से साढे २६ अंकले बढेको छ । नयाँ आर्थिक वर्षको सुरुवातदेखि सेयरको पुँजीगत लाभकर गणना विधि परिमार्जन भएको छ । नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले आफ्नो लगानीको भारित औसत लागत गणना गरी फाराम भर्नुपर्नेछ ।


अन्यथा राफसाफ प्रणालीले नै कारोबार भएको धितोपत्रको भारित औसत लागतको आधार मूल्य स्वतः अंकित मूल्यलाई कायम गर्ने व्यवस्था छ । त्यसपछि सोही मूल्यलाई आधार मानेर कारोबारको राफसाफ हुने कानुनी व्यवस्था छ । यो व्यवस्थाले लगानीकर्ता अन्योलमा रहेको ब्रोकरहरू बताउँछन् ।


बिहीबार ४१ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको करिब साढे १ करोड रुपैयाँले कम हो । उक्त दिन कारोबारमा आएका १ सय ५८ कम्पनीमध्ये ६४ को सेयर मूल्य बढ्यो, ६७ को घट्यो र बाँकी २७ कम्पनीको सेयर मूल्य स्थिर छ ।


नेप्से परिसूचक घटेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण ) पनि खुम्चिएर १५ खबै ८४ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित : श्रावण ३, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?