कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताको शेयर बजार : २ अर्बको कारोवार

रासस

काठमाडौँ — धितोपत्र बजारमा यस साता पनि २ अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कुल १७१ कम्पनीको ७४ लाख ८० हजार ८५५ कित्ता शेयर २ अर्ब आठ करोड ६२ लाख १५ हजार ६७१ मूल्यमा खरिद बिक्री भए । 

साताको शेयर बजार : २ अर्बको कारोवार

अघिल्लो बिहीबार अर्थात् साउन ९ गते नेप्से १४.१५ विन्दुले घटेर एक हजार २६९.९२ विन्दुमा बन्द भएको नेप्से आइतबार थप ओरालो लाग्यो । आइतबार नेप्से १७.११ विन्दुले घटेर एक हजार २५२.८० विन्दुमा पुग्यो । उक्त दिन कुल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा खरिद बिक्री भए । आइतबार दोहोरो अङ्कले आरालो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक सोमबार भने ३ अङ्क बढीले वृद्धि भयो । सो दिन नेप्से परिसूचक ३.१८ विन्दुले बढेर एक हजार २५५.९८ विन्दुमा पुगयो । सो दिन कारोवार रकम भने आइतबारको तुलनामा घट्यो । कुल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता शेयर ३५ करोड आठ लाख १२ हजार ५७२ मूल्यमा खरीद बिक्री भए ।


यस्तै मङ्गलबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भयो । नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुग्यो । परिसूचक बढे पनि कारोवार रकम भने न्यून रह्यो । कुल १७१ कम्पनीका १० लाख १३ हजार ७९४ कित्ता शेयर २९ करोड ४३ लाख पाँच हजार २३ मा खरिद बिक्री भए ।


बुधबार पनि नेप्से परिसूचकको उकालो यात्रा शनिबार पनि जारी रह्यो । उक्त दिन ६.२० अङ्कले वृद्धि भई नेप्से एक हजार २६५.५७ मा पुग्यो । कुल १६९ कम्पनीका १२ लाख ६१ हजार कित्ता शेयर ३५ करोड ७८ लाख ३६ हजार १८५ मा खरिद बिक्री भए ।


बिहीबार भने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लाग्यो । उक्त दिन परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झर्‍यो । कुल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर रु ५९ करोड पाँच लाख ८८ हजार २३९ मा खरिद बिक्री भए ।

प्रकाशित : श्रावण १८, २०७६ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?