कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनको भाउ फेरि बढ्याे, तोलाको ७१ हजार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो ।  

सुनको भाउ फेरि बढ्याे, तोलाको ७१ हजार

मंगलबार तेजावी सुन ७० हजार ७ सयमा काराेबार भइरहेकाे छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १५०७ अमेरिकी डलर पुगेर यहाँ भाउ ७१ हजार रुपैयाँ भएको हो ।


चाँडपर्वसँगै सुन महँगिए पछि  किनबेच भने ओरालो लागेको छ । तीजको सिजन सुरु भइसक्दा र दसैं नजिकिँदा समेत राजधानीका सुन पसलमा ग्राहकको चहलपहल हुन नसकेकाे व्यापारी बताउँछन् । मूल्य बढ्दै गएपछि किनबेच झन्डै ८० प्रतिशतले घटेको व्यापारीकाे भनाई छ ।

प्रकाशित : श्रावण २८, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?