कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महासंघ कोषाध्यक्षमा केसी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको रिक्त कोषाध्यक्ष पदमा निरक केसी निर्वाचित भएका छन् । अध्यक्ष भवानी राणाको अध्यक्षतामा शुक्रबार सम्पन्न महासंघको कार्यकारिणी समितिको १३ औं बैठकबाट केसी कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

महासंघ कोषाध्यक्षमा केसी

शुक्रबारै राणाले नवनिर्वाचित कोषाध्यक्ष केसीलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।


केसी महासंघको वर्तमान कार्यकारिणी समितिका सदस्य थिए । यस्तै कार्यकरिणी समितिको बैठकले महासंघको विद्यमान विधान संशोधन, उद्यमी व्यवसायीहरूले भोग्नुपरेका समस्या तथा उद्योग व्यवसायको समग्र अवस्थाका विषयमा छलफलसमेत गरेको छ ।


सुर्खेत उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका केसी महासंघको पदाधिकारीमा पुग्ने कर्णाली प्रदेशको पहिलो उद्योगी–व्यवसायी हुन् । उनको मनोनयनमा कर्णाली प्रदेशका उद्योगी–व्यवसायी नेताले खुसी व्यक्त गरेका छन् । कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, पूर्वअध्यक्ष प्रकाश अधिकारीलगायतले शुभकामना दिँदै केसीको मनोनयनबाट उत्साही भएको बताए ।


प्रकाशित : श्रावण ३२, २०७६ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?