कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गिब्सनलाई डे भिल्लियर्सले गर्दा गाह्रो

एएफपी

साउथह्याम्पटन — दक्षिण अफ्रिकी प्रशिक्षक ओटिस गिब्सनले विश्वकपका दौरान एबी डी भिल्लियर्ससँग जोडिएको विवादले आफूलाई पनि अप्ठ्यारो भएको शनिबार स्विकारेका छन् । विश्वकपका लागि दक्षिण अफ्रिकी टिम घोषणा ठीक अगाडि डी भिल्लियर्सले गिब्सन र कप्तान फाफ डु प्लेसिसलाई फोन गरेर आफू संन्यासबाट र्फकंदै टिमका लागि उपलब्ध हुने बताएका थिए ।

गिब्सनलाई डे भिल्लियर्सले गर्दा गाह्रो

तर डी भिल्लियर्सलाई टिममा राख्नु भनेको विश्वकपको अगाडि पाकिस्तान र श्रीलंकाविरुद्ध खेलेको टिमका खेलाडीलाई अन्याय हुने समझदारी भएको थियो । दक्षिण अपि|mकाले यसपल्ट लगातार तीन खेल गुमाइसकेपछि डी भिल्लियर्सको विवादले नयाँ रूप लिएको हो । दक्षिण अअफ्रिका पहिलो तीन खेलमा इंग्ल्यान्ड, बंगलादेश र भारतविरुद्ध पराजित रहेको थियो ।


अब उसले वेस्ट इन्डिजविरुद्ध खेल्नेछ । सेमिफाइनल प्रवेशको सम्भावना जीवन्त राख्न उसले बाँकी छ खेल जित्नुपर्ने दबाब हुनेछ । यस्तो नाजुक स्थितिमा डी भिल्लियर्सको विवादले आफू निराश भएको गिब्सनले भने । वेस्ट इन्डिजविरुद्धको खेल अगाडि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षकलाई यसबारे प्रश्न गरिएको थियो ।


'डी भिल्लियर्सले मलाई सम्पर्क गरेका थिए । यो बिहानको समय थियो र त्यही दिन टिम घोषणा हुने कार्यक्रम थियो । त्यसअगाडि टिमलाई लिएर धेरै घटनाक्रम विकास भइसकेको थियो । उनले धेरै ढिला मात्र सम्पर्क राखेको हाम्राे निचोड थियो । पाकिस्तान र श्रीलंकाविरुद्धको शृंखला अगाडि नै कम्तीमा उनले हामीलाई सम्पर्क गर्नुपर्ने हुन्थ्यो,' प्रशिक्षकले थपे ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?