कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा 'हार्मोनी कप'

अस्ट्रेलिया — पश्चिम अस्ट्रेलियामा रहेका नेपाली खेलाडीहरुलाई हौसला तथा अवसर प्रदान गर्ने उद्देश्यले पहिलोपटक हार्मोनी कप खेलकुल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा फुटबल, क्रिकेट तथा भलिबल खेलको विभिन्न चरणमा प्रतिस्पर्धा गराइएको थियो ।

अस्ट्रेलियामा 'हार्मोनी कप'

प्रवासी नेपालीहरुको संगठन एनआरएन पश्चिम अस्ट्रेलियाले आयोजना कार्यक्रममा करिब १ दर्जन नेपाली क्लबहरुले सहभागिता जनाएको आयोजक तथा एनआरएन संयोजक दीपक शर्माले जानकारी दिए । प्रतियोगिताअन्तर्गत फुटबल खेलमा हिमालय टाइगर्सले होर्बाट हुरिकेन्सलाई २–० गोलले हराएको थियो भने क्रिकेट प्रतियोगितामा पर्थ नेपालले नेपाली वारियर्सलाई ९ विकेटले हराएको थियो । प्रतियोगिताअन्तर्गत भएको भलिबल प्रतियोगितामा टिम सगरमाथाले धवलागिरि क्लबमाथि २–१ को जित हासिल गरेको थियो । पश्चिम अस्ट्रेलियाको पर्थमा रहेको दुई अलग-अलग खेलमैदानमा सम्पन्न खेलहरुमा अस्ट्रेलियाका व्यावसायिक रेफ्रीहरुका साथै नेपाली रेफ्रीहरुले निर्णायकको भूमिका निभाएका थिए ।



कार्यक्रम संयोजक शर्माले नेपाली युवाहरुको खेलप्रति चाहना बढिरहेको सन्दर्भमा उनीहरुलाई खेलप्रति उत्साह जगाउन र थप अवसरहरुको सिर्जना गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले हार्मोनी कपको आयोजना हरेक वर्ष आयोजना गरिने समेत जानकारी दिए ।


कार्यक्रममा बालकालिकाहरुका लागि समेत विभिन्न प्रतियोगितात्मक खेलहरु आयोजना गरिएको थियो । विजयी खेलाडीहरुलाई पश्चिम अस्ट्रेलियाका लागि अवैतनिक वाणिज्यदूत फ्रेड ब्राउनले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।



प्रकाशित : माघ २५, २०७५ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?