२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बेलायती भूमिमा नेपाली फुटबल टिमले खेल्ने घोषणा

लन्डन — बेलायती भूमिमा नेपाली राष्ट्रिय फुटबल टिमले खेल्ने ऐतिहासिक घोषणा भएको छ । आउँदो वर्ष ३० मे, २०२० का दिन इंग्ल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिमबीच अल्डरसट टाउन फुटबल क्लबमा खेल हुने घोषणा गरिएको हो ।

बेलायती भूमिमा नेपाली फुटबल टिमले खेल्ने घोषणा

त्यस्तै सन् २०२१ मा इंग्लिस फुटबल टोलीले नेपाल गएर खेल्ने भएका छन् । इंग्ल्याण्ड फुटबल एसोसिएसनले उक्त मैत्रीपूर्ण खेलमा ३० हजार भन्दा बढि दर्शक अपेक्षा गरेको छ ।


बेलायत नेपाल सम्बन्धको २०३ वर्षको इतिहासमा अन्य हरेक 'डेलिगेसन' भएपनि फुटबल खेलाडी आउन लागेको यो पहिलो हो । यसअघि 'दि होम अफ क्रिकेट' भनिने लन्डनस्थित लर्डस्मा नेपाली क्रिकेट टिम दुई पटक आएर एमसीसी र नेदरल्यान्ड्सबीच टी–टवान्टी त्रिकोणात्मक खेल खेलिसकेको छ ।


लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार साँझ आयोजित नेपाल विकास सम्मेलनको छैठौं श्रृंखलामा इंग्ल्याण्ड फुटबल एसोसिएसनको न्यासनल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले उक्त घोषणा गर्दै नेपाली फुटबल टोलीले वेम्ली स्टेडियम भ्रमण गर्ने, नेपाली दूतावासले सो टोलीको सम्मानमा विशेष स्वागत समारोह आयोजना गर्ने तथा सो

भ्रमणलाई फुटबल तथा नेपाली संस्कृतिको महोत्सवको रुपमा मनाइने पनि बताए ।


जोन्सले इंगल्याण्ड फुटबल एसोसिएसनले नेपालमा फुटबलको विकासमा सघाउन एन्फालाई प्राविधिक सहयोग तथा परामर्श दिने पनि बताए । उनले इंगल्याण्ड फुटबल एसोसिएसनले ब्रिटेनमा बसोबास गर्ने सबै एसियाली समुदायहरुसँग सहकार्य गर्न चाहेको बताउँदै यसबारे यसै महिना दोश्रो एसियाली समावेशी योजना सार्वजनिक गरिने जनाए । फुटबल खेलले मानिस र समुदायलाई जोड्ने विश्वास जोन्सको छ ।


नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले यस घोषणाले जनता जनताबीचको सम्बन्ध विस्तार, बेलायतका नेपालीबीच एकता एवं दुई देशको सम्बन्ध थप सृदृढीकरण र पर्यटन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे । 'खेलको माध्यमबाट पनि दुई देशबीचको कुटनीतिक सम्बन्ध अगाडि बढाउने सोच मैले बनाइरहेको थिएँ', राजदूतले कान्तिपुरसँग भने, 'यो खेलमात्र होइन, भविष्यमा नेपाली युवा खेलाडी र खेलको विकासमा बेलायतको आर्थिक तथा व्यवसायिक सहयोगका लागि 'एमओयू गर्ने तयारी पनि छ ।'


लन्डन आएर खेलेपछि नेपालको क्रिकेट खेलको विकासमा सकारात्मक प्रभाव परिरहेको बताउँदै राजदूतले यहाँ आएपछि फुटबल खेलाडीले अनुभव र 'एक्सपोजर' पाउने उल्लेख गरे । दूतावासले मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डको राष्ट्रिय खेलाडी पनि समावेश गर्न 'नेगोसिएसन' भइरहेको जनाएको छ ।

प्रकाशित : वैशाख १४, २०७६ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?