कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कुवेतमा नेपाली युवतीद्वारा नेपालीको हत्या

काठमाडौँ — कुवेतमा चार वर्षदेखि सँगै बस्दै आएकी एक नेपाली युवतीले युवकको हत्या गरेकी छिन् । नेपाली युवती माया गुरुङले एउटै कोठामा 'लिभिङ टुगेदार'को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी हुन् ।

कुवेतमा नेपाली युवतीद्वारा नेपालीको हत्या

कुवेतस्थित नेपाली दूतावासका अनुसार प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको छ । विकको शवलाई पोसमार्टमका लागि फरेन्सिक विभागमा लगिएको छ ।

'घटनाको विस्तत विवरण आइसकेको छैन । प्रहरीसँग थप विवरण लिने काम भइरहेको छ,' दूतावासका एक अधिकारीले कान्तिपुरलाई भने ।

उनीहरु कुवेतको मंगाफस्थित ब्लक-४ मा बस्दै आएका थिए । माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी हुन् । उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएको हो ।


उनीहरुबीच लामो समयदेखि आपसी विवाद भइरहेको नवराज पराजुलीले वताए । 'खेम विकलाई छाती र पछाडि छुरा प्रहार भएको देखिन्छ । उनलाई सेतो कपडाले बेरेको अवस्थामा त्यही घरमा बस्दै आएका नेपालीहरुले देखेको हो,' मंगाफमा बस्दै आएका पराजुलीले भने, 'प्रहरीले थप अनुसन्धानका लागि उक्त घरमा बस्दै आएका २० जनालाई पक्राउ गरी लगेको छ । अधिकांश अवैध रुपमा बस्दै आएका थिए ।'


प्रकाशित : वैशाख १९, २०७६ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?