कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनए कतारको अधिवेशन अगष्ट ३० मा हुने

काठमाडौँ — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आठौं राष्ट्रिय अधिवेशन आगामी अगष्ट ३० मा हुने भएको छ । 

एनआरएनए कतारको अधिवेशन अगष्ट ३० मा हुने

एनसीसी कतारको तेश्रो भेलाले सो निर्णय गरेको हो । भेलाले नयाँ सदस्यको आवेदन पनि आव्हान गरेको छ । निर्णय अनुसार ५ मई मा खुल्ला गरिएको सदस्यता आव्हान ३० जुन २०१९ सम्म खुल्ला रहनेछ । स्वीकृत पञ्जिकृत सदस्यको अन्तिम नामावली २६ जुलाईमा प्रकाशित गरिने महासचिव बुधबल गुरुङले बताए ।

महासचिव गुरुङका अनुसार पञ्जिकृत सदस्यहरुको भेलाले विधान संशोधन गरिएको थियो । संशोधित विधान अनुसार निर्वाचन सम्पन्न गराउन एनसीसी कतारका प्रमुख सल्लाहकार बिनेश तामाङलाई निर्वाचन समितिका संयोजकमा मनोनित गरिएको छ ।


प्रकाशित : वैशाख ३०, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?