कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

अमेरिका–नेपाल मेडिकल फाउण्डेसनमा नयाँ नेतृत्व

काठमाडौँ — अमेरिका–नेपाल मेडिकल फाउण्डेसनको २३औँ वार्षिक साधरणसभाले डाक्टर सन्तोष सापकोटाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

अमेरिका–नेपाल मेडिकल फाउण्डेसनमा नयाँ नेतृत्व

वासिङ्टन डीसीमा गत मे १० देखि १२ सम्म चलेको साधरणसभाले उपाध्यक्षमा, सचिव र कोषाध्यक्षमा क्रमशःडाक्टर भुपेश खड्का, डाक्टर विनोद खड्का र कल्पना श्रेष्ठलाई चयन गरको छ । यस्तै, समितिका सदस्यहरुमा डाक्टरहरु अनिल सुवाल, विनोद ढुंगाना, विष्णु सापकोटा, चन्द्रप्रसाद चटौत, दिनेश मैनाली, दिनेश सुवेदी, गणेश चौधरी, नारायण धरेल, प्रकाश थपलिया, सुवोध मल्लिक, सुनिल शर्मा लगायत छन् ।

साधरणसभामा 'नेपालको स्वास्थ्य नीति'को विषयलाई उठाइएको थियो । नेपाल, अमेरिका, बेलायत र जर्मनीका अतिथिहरुको सहभागिता रहको साधरणसभामा संस्थाले गरेका कार्यक्रम, भावी योजना तथा प्रगतिको बारेमा चर्चा गरिएको थियो ।

सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रमेश खरेलले नेपालको वर्तमान स्वास्थ्य नीति तथा कार्यक्रमहरुको बारेमा प्रस्तुति दिएका थिए । मे १० र ११ तारिखमा विभिन्न क्षेत्रका विषय विज्ञलेे स्वास्थ्यसँग सम्बन्धित जानकारी, नीति–नियमका बारेमा जानकारी दिएका थिए ।

यस्तै, स्वास्थ्य क्षेत्रका लागि आयोजना गरिएको डिनरमा १ लाख ५० हजार डलर सहयोग प्रतिबद्धता आएको संस्थाले जनाएको छ ।

प्रकाशित : जेष्ठ २, २०७६ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?