कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सगरमाथा आरोहण गर्ने ओमनी युवतीलाई सम्मान

ओमानमा कार्यरत प्रत्येक नेपालीले कम्तिमा दुईदेखि तीनजना ओमानी नागरिकलाई नेपाल भ्रमणको लागि आव्हान गर्न सुझाव

काठमाडौँ — ओमनस्थित नेपाली दूतावासले सगरमाथा आरोहण गर्ने पहिलो ओमनी महिला नादिरा अल हार्थीलाई कदरपत्र दिई सम्मान गरेको छ ।

सगरमाथा आरोहण गर्ने ओमनी युवतीलाई सम्मान

नादिराको सगरमाथा आरोहणले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन सहयोग पुर्‍याउने भन्दै दूतावासमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।


‘पर्यटन प्रवर्द्धधनमा खाडी मुलुकमा रहेका नेपाली समुदायको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि नादिराले दुई वर्षको लगातार मिहिनेतपछि विश्वको सर्वोच्च शिखरमा पाईला टेक्न सफल भएको बताइन् । उनले ओमानका पर्वतारोही विद्यार्थीका लागि शेर्पाहरूलाई प्रशिक्षकको रूपमा ओमान ल्याउन सकेको खण्डमा ठूलो सहकार्य हुनसक्ने सुझाव दिइन् ।


ओमनका लागि नेपाली राजदूत ढकालले नेपालको पर्यटन प्रवर्द्धनमा नेपाली समुदायको महत्वपूर्ण भूमिका रहने बताइन् ।


कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरुले ओमानको सडक छेउमा होर्डिङ बोर्ड राख्न, सार्वजनिक यातायातमा विज्ञापन राख्न, ओमानी र अङ्ग्रेजी भाषामा लेखिएका ब्रोसर र पर्चाहरू वितरण गर्न सुझाव दिएका थिए ।


उनीहरुले मस्कट महोत्सव र ओमानका अन्य पर्यटन प्रवर्द्धधनका कार्यक्रममा सहभागी हुन, नेपाली पर्यटन सम्बन्धी लेखहरूका लागि ओमानी पत्रकारलाई नेपाल भ्रमण गराउन, ओमानका ट्राभल एजेन्सीहरूसाग सहकार्य गरि नेपाल टुर प्याकेज बनाउन, ओमानमा कार्यरत प्रत्येक नेपालीले कम्तिमा दुईदेखि तीनजना ओमानी नागरिकलाई नेपाल भ्रमणको लागि आहृवान गर्ने लगायतका सुझाव दिए ।


प्रकाशित : असार २४, २०७६ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?