कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्दिर निर्माणका लागि ५० लाख संकलन

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा नेपालीहरुको आफ्नै मन्दिर निर्माण गर्ने उद्देश्यले गरिएको सप्ताह महायज्ञबाट ६० हजार डलर (करिब ५० लाख रुपैयाँ) संकलन भएको छ । नेपाली हिन्दु सोसाईटी अस्ट्रेलियाको आयोजनामा भएको महापुराणमा सहभागिता जनाउन नेपालका जगतगुरु डा. कृष्णदास जी महाराज समेत अस्ट्रेलिया आएका थिए ।

मन्दिर निर्माणका लागि ५० लाख संकलन

एक सातासम्म चलेको महायज्ञबाट करिब ५० लाख नेपाली रुपैयाँ संकलन भएको कोषाध्यक्ष प्रकाश ढोडारीले जानकारी दिए ।


१० हजार बढी हिन्दु धर्मावलम्बीहरुले सहभागिता जनाएको महापुराणबाट संकलित रकमले मन्दिर निर्माण अघि बढ्ने उनले विश्वास व्यक्त गरे । महापुराणमा नेपालबाट आएका कृष्णदास जी महाराजले योग साधना सिकाएका थिए भने कुबेर सुवेदीले पुराण वाचन गरेका थिए ।


अस्ट्रेलियाको हिन्दु सोसाईटीले सिड्नीस्थित रिचमण्डको केराजुङ्गमा दुई वर्षअघि पहिलेदेखि मन्दिर निर्माण पहल सुरु गरेको हो । दानमा प्राप्त ८ हजार वर्गमिटर जग्गामा मन्दिर निर्माण प्रक्रिया सुरु गरेको भए पनि आर्थिक अभावका कारण काम अघि बढ्न सकेको छैन । सोही प्रक्रियालाई अघि बढाउने प्रयासस्वरुप महापुराण आयोजना गरिएको थियो ।


नेपाल बाहिर दोस्रो पशुपतिनाथ निर्माण गर्ने उद्देश्यका साथ सुरु गरिएको मन्दिर पगोडा शैलीको हुने बताइएको छ । मन्दिरमा पशुपतिनाथ स्थापना गर्नुका साथै बौद्ध स्तुपासमेत बनाइने योजनाका साथ कार्य अघि बढाइएको छ । यसैगरी मन्दिरमा शिव पाञ्चायन मन्दिरसमेत अलग निर्माण हुने उनीहरुले बताएका छन् ।


‘यो हिन्दुहरुको मन्दिर मात्र नभएर सम्पूर्ण नेपालीहरुको परम्परा र संस्कृतिलाई अस्ट्रेलियामा स्थापित गर्ने उद्देश्यका साथ काम सुरु गरिएको हो’ सोसाईटीकी अध्यक्ष प्रञ्चना शर्माले कान्तिपुरसँग भनिन् ।

प्रकाशित : श्रावण २, २०७६ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?