कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'दबङ-३' को सुटिङ अप्रिलबाट

काठमाडौँ — बहुप्रतीक्षित चलचित्रको रूपमा लिइएको 'दबङ-३' को सुटिङ आगामी अप्रिलबाट सुरु हुने भएको छ। फिल्म प्रभु देवाले निर्देशन गर्दै छन् ।

'दबङ-३' को सुटिङ अप्रिलबाट

सलमान र प्रभु देवाले १० वर्षपछि एउटै फिल्ममा काम गर्न लागेका हुन् । उनीहरूले सन् २००९ को 'वान्टेड' मा सँगै काम गरेका थिए । बलिउडमा फिल्ममा प्रहरीको रोललाई फेसनको रूपमा भित्र्याएको श्रेय सलमानलाई दिने गरिन्छ ।


फिल्मका निर्माता एवं सलमानका भाइ अरबाज खानले सुटिङ अप्रिलबाट सुरु हुने बताउँदै सुटिङ स्थलको छनौट कार्य भइरहेको बताएका छन् । उनले फिल्मको मुख्य भूमिकामा सलमान र निर्देशन प्रभु देवाले गर्ने बताएका छन् ।


सलमान खान यति बेला 'भारत'को सुटिङमा व्यस्त छन् । उक्त चलचित्र फिल्म सिटीमा सुटिङ भइरहेको छ । 'भारत'को सुटिङ लगत्तै सलमान 'दबङ-३' को सुटिङमा व्यस्त रहने भारतीय अनलाइन मुम्बई मिररले जनाएको छ ।


'दबङ-३' मा नोइडाका एक जना प्रहरीको आत्मकथालाई समेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सलमानको दबङ सन् २०१० मा रिलिज भएको थियो । उक्त फिल्मले 'वेस्ट पपुलर फिल्म' को अवार्ड समेत जितेको थियो । खानको 'दबङ सिरिज'लाई बलिउडमा सफल मानिन्छ ।


फिल्ममा सलमान खानको अलावा सोनाक्षी सिन्हाको पनि अभिनय रहने छ । फिल्म वर्षको अन्तयतिर रिलिज हुने बताइएको छ ।

प्रकाशित : पुस २६, २०७५ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?