कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'पुरानो बुलेट'को ट्रेलर सार्वजनिक 

कान्तिपुर संवाददाता

काठमाडौँ — चलचित्र पुरानो बुलेटको ट्रेलर सार्वजनिक गरिएको छ । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको ट्रेलर आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । 

'पुरानो बुलेट'को ट्रेलर सार्वजनिक 

अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको यो चलचित्रको प्रदर्शन मिति चैत १ गतेलाई तोकिएको छ । चलचित्रमा वर्षा सिवाकोटी,कृष्ण भक्त महर्जन,माला लिम्बु,शिव मुखिया, कविता आले,करण धिताल लगायतको अभिनय रहेको छ ।


भिषण राईको निर्देशनमा बनेको यो चलचित्र सन्तोष राई, अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले निर्माण गरेको हुन् ।


प्रकाशित : फाल्गुन ५, २०७५ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?