कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पुरानो बुलेट’ को ट्रेलर

कान्तिपुर संवाददाता

काठमाडौँ — फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । चैत १ देखि प्रदर्शनमा आउन लागेको भीषण राई निर्देशित फिल्म एक युवकको जीवनमा आउने उतरचढावमा आधारित रहेको बताइएको छ । ट्रेलरमा एक्सन, प्रेम, रोमान्स, कमेडी सबै समेट्न खोजिएको छ ।

‘पुरानो बुलेट’ को ट्रेलर

अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बूको मुख्य भूमिका रहेको फिल्मको ट्रेलरमा अनुप र वर्षालाई ‘बुलेट राजा’ र ‘बुलेट रानी’ का रूपमा परिचय गराइएको छ ।


पत्रकारिता हुँदै पहिलो पटक निर्देशनमा होमिएका राईले फिल्ममा ठेट पूर्वेली लवजको संवाद राखिएकाले दर्शकलाई रुचिकर हुन सक्ने बताए । फिल्ममा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बू, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोककुमार राई, टीकाराम राई लगायतको पनि अभिनय रहेको छ ।


निर्देशक राईकै पटकथा रहेको फिल्मलाई अशोककुमार राई, दीपेन्द्र लिम्बू, विरेन साम्बा र टिकाराम राईले संयुक्त रूपमा निर्माण गरेका हुन् । हरि घले लामाको छायांकन, उत्तमजंग लिम्बू र जयन जे. वाइबाको संगीत रहेको फिल्ममा कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् ।


प्रकाशित : फाल्गुन ६, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?