कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेघालाई 'लभ स्टेशन'को साथ 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो समय कलाकर्मीहरु सामाजिक कार्यमा समेत सक्रिय हुन थालेका छन् । फिल्म 'लभ स्टेसन' को टोलीले बुधबार भक्तपुर पुगे, करेन्टबाट दुई हात गुमाएकी मेघा घिमिरेलाई भेट्न । अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाही, संगीतकार एलिस कार्कीसहितको टोलीले मेघालाई १ लाख रुपैयाँ सहयोग गरे ।

मेघालाई 'लभ स्टेशन'को साथ 

कलाकार शिशिर भण्डारीले जम्मा गरेर ४ लाख रुपैयाँ पनि अभिनेता प्रदीप खडकाले प्रदान गरे । दुवै हात गुमाएकी मोरङकी मेघाको आर्टिफिसियल हातका लागि सहयोग जुटदै गरेको 'लभ स्टेसन' का निर्माता शाहीले बताए ।


'मेघाजस्ता युवाहरुको आत्मबल बढाउन हामीले सघाउनुपर्छ,' अभिनेता खड्काले भने, 'आशा छ, अन्तबाट पनि सहयोग मिल्नेछ ।' उज्ज्वल घिमिरेको निर्देशन रहेको 'लभ स्टेसन' भने आउँदो चैत २२ मा रिलिज हुँदै छ । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौडेल, पि्रया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफलेलगायतको अभिनय छ ।


प्रकाशित : फाल्गुन ९, २०७५ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?