कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जन्मथलोमा युगकविको सम्झना

ओखलढुंगा — ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने लेख लेखेकै कारण युगकवि सिद्धिचरण श्रेष्ठ विसं. १९९७ मा जेल गए । राणा शासनको विरोधमा क्रान्ति चेतसहितका अनगिन्ती साहित्य रचे । तर उनको ‘ओखलढुंगा’ कविता सबैको मनमा गुन्जिरह्यो । उनले ओखलढुंगा कविता आफूले जन्मेहुर्केको थलो भएकै कारण लेखेका थिए ।

जन्मथलोमा युगकविको सम्झना

उनी जन्मिएको १०७ वर्षपछि बिहीबार फेरि उनको सम्झना जन्मभूमिमा गरियो । सिद्धिचरण नगरपालिका १२ मा उनको पूर्णकदको सालिक राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरिन् ।


सिद्धिचरण नगरपालिका र सिद्धिचरण प्रतिष्ठानको आयोजनामा कार्यक्रम गरिएको हो । यसअघि अर्धकदको मात्र सालिक थियो । हाल ६ फिट अग्लो सालिक राखिएको हो । कार्यक्रममा प्रतिष्ठानले बर्सेनि प्रदान गर्ने विभिन्न विधामा स्रष्टाहरू पुरस्कृत गरिए । युगकवि सिद्धिचरण साहित्य पुरस्कार साहित्यकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरियो । गौतमले नगद एक लाखसहित कदर प्रदान गरियो ।


सुवर्ण शाक्यलाई ५० हजार नगदको सिद्धिचरण शताब्दी सम्मान प्रदान गरियो । त्यसैगरी पाँच दशक पत्रकारिता गरेका होमनाथ दाहाललाई नगद ४० हजार रुपैयाँ सहित सिद्धिचरण पत्रकारिता पुरस्कार प्रदान गरियो ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?