कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पहिले केटा जस्तै थिएँ’

काठमाडौँ — एमएस धोनी : द अनटोल्ड स्टोरी मार्फत बलिउडमा अभिनेत्रीका रूपमा डेब्यु गरेको मात्र तीन वर्ष भयो, दिशा पटानीको । तर छोटो समयमै उनको क्रेज हृवात्तै बढेको छ । समकालीन अभिनेत्रीहरूको तुलनामा उनका समर्पित फ्यानको संख्या उल्लेख्य बढी छ । 

‘पहिले केटा जस्तै थिएँ’

फेसबुकमा मात्रै उनलाई फलो गर्ने २३ लाखभन्दा बढी छन् भने इन्स्टाग्राममा त यो संख्या दुई करोड १३ लाख पुगिसकेको छ । जब कि अभिनेता सलमान खानका फलोअर्स उनको भन्दा १२ लाखले मात्रै बढी छन् । उनका आकर्षक तस्बिर, डान्स भिडियोहरू सोसल साइटमा प्रायः भाइरल हुने गर्छन् । यति बेला सलमानसँगै फिल्म ‘भारत’ मा खेलेपछि त उनको क्रेजमा बढोत्तरी नै भएको छ ।


‘बागी २’ मा टाइगर श्राफसँग खेलेपछि दिशालाई टाइगरको प्रेमिकाका रूपमा समेत हेर्न थालिएको थियो । तर रिलेसनसिपलाई लिएर दुवैले सार्वजनिक रूपमा मुख भने खोलेनन् । यति बेला भने मिडियाले नै दुईबीच ब्रेकअप भइसकेको घोषणा गरिसकेको छ । यसले झन् दिशाका फ्यान बढाउन नै सघाउ पुर्‍याएको छ । उनी स्वयं पनि पुरुष फ्यानले सोसल मिडियामा बढी लाइक्स र कमेन्टस् गर्ने गरेको स्वीकार गर्छिन् ।


‘यति धेरै लाइक्स र कमेन्टस् गर्ने फ्यान भए पनि आजसम्म कुनै पनि युवकले मन पराउँछु भनेका छैनन्,’ दिशाले एक अन्तरवार्तामा भनेकी छन् ।


‘मेरो अहिलेसम्मको जीवनमा कुनै पनि केटा आएर प्रेम प्रस्ताव राखेका छैनन् । न त फ्लर्ट नै गरेका छन्,’ २३ वर्षीया यी अभिनेत्रीले आफ्नो बालापनको स्मरण गर्दै थपिन्, ‘अझ बच्चा बेलामा त म टमब्वायजस्तै थिएँ । मेरो बुबाले मलाई केटा जसरी हुर्काउनुभयो । नौ कक्षा पढ्दासम्म त मेरो कपाल पनि केटाकै जस्तो थियो । त्यसपछि मात्रै पाल्न थालेकी हुँ ।’


आफूलाई केटाहरूले राम्रो लागेको भन्न डराउनुको कारण पनि सायद यही भएर हुन सक्ने दिशाको अनुमान रहेछ । आफूलाई अन्तर्मुखी स्वभावकी बताउने दिशाले कक्षामा पनि आफू लास्ट बेन्चर भएको खुलाइन् । टाइगर श्राफसँगको प्रेमसम्बन्धलाई भने उनले स्वीकार गर्न चाहिनन् । भनिन्, ‘ऊ मेरो असल साथी हो । ऊबाहेक फिल्म उद्योगमा मेरो अरू कोही साथी पनि छैन । हामी दुवै महत्त्वाकांक्षी छौं र ठूलो लक्ष्य पनि छ । म रमाइलो गर्न रुचाउँछु तर टाइगर काममा एकदमै दत्तचित्त छ ।’

प्रकाशित : जेष्ठ १२, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?