कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘राम्रो अफर नै आउँदैन’

काठमाडौँ — ‘इन्दिरा’ फिल्ममा ३६ वर्षअघि नै बाल कलाकारको भूमिकामा देखिइसकेकी अभिनेत्री कोनकोना सेन शर्माले पछि आफ्नै आमाले निर्देशन गरेको अंग्रेजीभाषी फिल्म ‘मिस्टर एन्ड मिस्टर्स ऐयर’ बाट उत्कृष्ट अभिनेत्रीको नेसनल अवार्ड नै जितिन् ।

‘राम्रो अफर नै आउँदैन’

पछि सन् २००६ को फिल्म ‘ओमकारा’ बाट सहअभिनेत्रीका लागि पनि कोनकोनाले नेसनल अवार्ड जितिन् । उनले चारवटा फिल्मफेयर अवार्ड जितिसकेकी छन् । अभिनयमा पारंगत मानिने भए पनि कोनकोनालाई २०१७ को ‘लिपिस्टिक अन्डर माई बुर्का’ पछि दर्शकले हलको पर्दामा देख्न पाएका छैनन् तर अभिनेत्रीको दुःख भने फिल्म नपाउनुमा भन्दा पनि स्टेरियो टाइप भूमिकामा आउने अफरका कारण रहेछ ।


‘मैले करिअरको १५ वर्षमा प्रायः अरूले गर्न नचाहेका एकैखालका भूमिका मात्रै गरिरहेकी छु । नत्र बाँकी त आफ्नो मनले नखाएका भूमिका धेरै छन् ।’ तर अब भने कोनकोनाको पनि भाग्य बल्न थालेको छ । फिल्म ‘अ मनसुन डेट’ मा कोंकणा ट्रान्सजेन्डरको चुनौतीपूर्ण भूमिकामा देखिँदै छिन् । उक्त भूमिकालाई लिएर ३९ वर्षीया अभिनेत्री निकै उत्साहित छिन् । ‘मैले यस्तो भूमिका पहिले कहिल्यै गरेकी थिइनँ । यही नै मेरा लागि एउटा ठूलो मौका थियो । चरित्र एकदमै सुन्दर ढंगबाट बुनिएको छ । पत्रपत्र केलाएर सूक्ष्म ढंगबाट मनदेखि लेखिएको छ । मलाई यस्तो भूमिकाका लागि अफर आउनु नै आफूलाई एकदम भाग्यमानी ठान्छु किनभने मलाई कहिल्यै पनि राम्रो भूमिकाका लागि अफर नै आउँदैन ।’ तर पनि उनी आफू कहिल्यै उदास हुने नगरेको सुनाउँछिन् । उनी फिल्म क्षेत्रका दिग्गज कलाकारसँग काम गर्न पाउँदैमा पनि आनन्द लाग्ने बताउँछिन् ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?