कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'गलबन्दी' को विवाद टुंगियो, गायक शम्भू र प्रकाशबीच ४ बुँदे सहमति

काठमाडौँ — गीत चोरीको विषयमा गायक शम्भू राई र प्रकाश सपूतबीच देखिएको विवाद टुंगिएको छ । 'गलबन्दी' बोलको गीतमा संगीत सिर्जना गर्नेमा राईको नाम समावेश गर्ने विषयमा बुधबार गायकद्वयबीच सहमति भएको हो ।

'गलबन्दी' को विवाद टुंगियो, गायक शम्भू र प्रकाशबीच ४ बुँदे सहमति

पछिल्लो समय गायक सपूतले बजारमा ल्याएको 'गलबन्दी च्यातियो' बोलको गीत राईको 'देउसी भैलो' एल्बमको 'आउ नाचौं साथी हो कम्मर कसेर..' सँग मिलेपछि विवाद चर्किएको थियो । दुई गायकको विवादले सामाजिक सञ्जालका साथै संसद्‌मा समेत चर्चा पाए ।

सहमति अनुसार

  • लोकदोहोरी 'गलबन्दी' बोलको गीतको संगीत सिर्जना शम्भू राई र पुन: संगीत सिर्जना प्रकाश सपूत हुने गरी युट्युबको हकमा शम्भू राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोहो बमोजिम नाम समावेश गरी गलबन्दी बोलको गीतलाई प्रकाशन गर्ने
  • गलबन्दी गीतबाट प्राप्त हुने सबै आर्थिक अधिकार, प्रतिलिपि अधिकार तथा स्रष्टा, उत्पादक, प्रस्तोताले पाउने रोयल्टी प्रकाश समूतकै अधिकार रहने र शम्भू राईले कुनै पनि आर्थिक अधिकार एवं प्रतिलिपि अधिकारमा दाबी नगर्ने ।
  • शम्भू राईले गलबन्दी बोलको गीतको सन्दर्भमा यही असार ५ गते नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा तथा अन्य संघ संस्था निकायमा दिएको निवेदन फिर्ता/ तामेलीका लागि समेत निवेदन दिने
  • सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा आएका र आउने तथा आउन सक्ने भ्रमित विषयवस्तु र समाचारहरुलाई सहमतिको विवषय समावेश गरी खण्डन हुने तथा सहमतिको जानकारी गराउने ।

गायकद्वयले संगीत रोयल्टी संकलन समाज, प्रस्तोता समाज नेपाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लगायत गीत, संगीत क्षेत्रका क्रियाशील संस्थाका प्रतिनिधिको रोहवरमा सहमति जनाएका हुन् ।

प्रकाशित : असार ११, २०७६ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?