कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्राविधिकमा आकर्षण

प्रदीप मेन्याङ्बो

 
अवसर पाउन थालेपछि प्राविधिक शिक्षा अध्यायन बढेका छन्  । १८ महिने कोर्षको टीएसएलसी गरेका हुन् वा ती विषयमा तीनवर्षे स्नातक गरेका हुन्, प्राविधिक विषयमै स्नातकभन्दा माथि वा स्नातकोत्तर गरेकाहरू बेरोजगार बस्नुपरेको छैन  ।

प्राविधिकमा आकर्षण

विद्यार्थीको प्राविधिक शिक्षातर्फको आकर्षण बढेकाले पछिल्लो समय धरानको सुनसरी टेक्निकल कलेजले २ दर्जन प्राविधिक विषय पढाउने कार्यक्रम एकसाथ सुरु गरेको छ ।


प्राविधिक शिक्षा लिएकाहरूले खाली हात बस्नु नपर्ने कलेजका निर्देशक मिलन साम्सोहाङ बताउँछन् । ‘प्राविधिक विषय अध्ययन गर्ने आधुनिक पुस्ताको रुचि बढेको छ,’ उनले भने, ‘अब हाम्रो ध्यान गुणस्तरीय शिक्षातर्फ जानुपर्छ ।’ उनका अनुसार ‘प्राविधिक विषय मनपराउने विद्यार्थी आकर्षित गर्न कलेजलाई प्राविधिक शिक्षाको गन्तव्यका रूपमा विकसित गर्ने पूर्वनिर्धारित लक्ष्यअनुसार टीएसएलसी वा स्नातकदेखि स्नातकोक्तरसम्मका नयाँ विषयका कक्षा सञ्चालन गरिएका छन् । अहिलेसम्म कलेजले ६ हजार बढी जनशत्ति उत्पादन गरिसकेको सञ्चालक अध्यक्ष लेखिराज लिम्बूको भनाइ छ । कलेजले एसएलसी उत्तीर्णलाई लक्षित गरी प्राविधिक तालिमजस्ता अनमी, सीएमए, ल्याब एसिस्टेन्ट, जुनियर कम्प्युटर टेक्निसियन, कार्यालय व्यवस्थापन कक्षा चलाइरहेको छ । उनले भने, ‘एसएलसीपछि प्राविधिक विषयमै एकेडेमिक कोर्स गर्छु भन्नेका लागि डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, बीटेक फुड टेक्नोलोजी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ एक साथ सञ्चालन गरिएकाले विद्यार्थी अल्मलिनुपरेको छैन ।’


त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहका बीएस्सी माइक्रोबायोलोजी, बी फार्मेसी, बीटेक (खाद्य), स्नातकोक्तर तहमा एमएस्सी माइत्रोबायोलोजी सञ्चालनमा छन् । कलेजले स्नातकोक्तर तहमा एमएस्सी बायोटेक्नोलोजी र एमएस्सी माइत्रोबायोलोजी, स्नातकका बीएस्सी फिजिक्स, बीएस्सी केमेस्ट्री, बीएस्सी जुलोजी र बीएस्सी बोटानीजस्ता कार्यक्रम गत वर्षदेखि चलाउँदै आएको अध्यक्ष लिम्बूले बताए । जीवित प्राणीको सेल टिस्युज र जिनबारे अध्ययन–अनुसन्धान तथा त्यसबाट विभिन्न किसिमका रोगका कारण र त्यसको उपाय तथा नौलो किसिमको जिन तथा तरिका उत्पादन गर्न बायोटेक्नोलोजीले सहयोग गर्छ । ‘यसैले नयाँ पुस्ता यसतर्फ आकर्षित हुन थालेका छन्,’ उनले भने ।


प्राविधिक विषय पढेकाले विदेशमा केमिकल इन्डस्ट्रिज, फर्मास्युटिकल इन्डस्ट्रिज, बायोप्रोसेसिङ इन्डस्ट्रिज, रिसर्च सेन्टर, इन्भाइरोमेन्टल सेन्टर्स, कलेज एन्ड युनिभर्सिटिज, पीचएडी, बायोटेकसज इन्डस्ट्रिजहरूमा सजिलै काम पाएका छन् । कलेजले ५ वर्षदेखि स्नातक तहमा सूक्ष्म जीव विज्ञान (माइक्रोबायोलोजी) को अध्ययन–अध्यापन आरम्भ गराइसकेकाले विद्यार्थीहरूका माग र आवश्यकता मध्यनजर गर्दै सोही विषयमा दुईवर्षे स्नातकोत्तर तहको कक्षा सुरु गरेको छ । उपत्यकाबाहिर पहिलोपटक पूर्वाञ्चलमा सम्बन्धन प्राप्त गरी अहिलेको विज्ञान तथा प्रविधि सुहाउँदो शिक्षा प्रदान गरिरहको उनले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?