कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याउ खाऔँ बोक्रैसँग

कान्तिपुर संवाददाता

काठमाडौँ — दिनहुँ एउटा स्याउ खाए डाक्टरबाट टाढै बस्न सकिने पश्चिमा आहानबारे सबैजसोले सुनेका छौं । हामीमध्ये धेरै जना स्याउलाई ताछेर समेत खान्छौं । तर यसो गर्दा हामीले पाउन सक्ने थुप्रै स्वास्थ्यवर्द्धक कुराहरू गुमाइरहेका पनि हुन्छौ । स्याउलाई बोक्रैसित खानु सबैभन्दा फाइदाजनक मानिन्छ । 

स्याउ खाऔँ बोक्रैसँग

तर आजकल स्याउको बोक्रालाई टल्काउन, आकर्षक बनाउन विभिन्न थरीका अस्वस्थकर प्रक्रिया अपनाउने गरिएकोले बोक्रासहितको स्याउ खानुअघि यो पूर्णतः सुरक्षित रहेको सुनिश्चित गर्नैपर्छ ।


स्याउको बोक्राबाट हाम्रो मिनरल्सको दैनिक आवश्यकता पूरा गर्न सकिन्छ । यसमा पोटेसियम, फोस्फोरस, फोलेट, क्याल्सियम, आइरनजस्ता मिनरल पाइन्छन् । यिनले हाम्रो हाड र दातलाई बलियो बनाउन सघाइरहेको हुन्छन् । यसमा उच्च रक्तचापसँग भिडन आवश्यक रासायनिक तत्त्व अरूमा भन्दा ६ गुणासम्म बढी पाइन्छ । भनिन्छ, दिनहुँ एउटा स्याउ बोक्रैसित खाने गरे उच्च रक्तचापमा धेरै फाइदा पुग्छ ।


स्याउको बोक्रा फ्लेभानोइडस र एन्टिअक्सिडेन्टको प्राकृतिक स्रोत हो । यो मुटुका लागि राम्रो मानिन्छ । यसमा भिटामिन, खनिज, र फाइबर (रेसा) प्रचूर मात्रामा पाइन्छ । शारीरिक कमजोरी हटाउन स्याउ धेरै लाभदायक हुन्छ ।

बोक्रासहित स्याउ खाँदा तपाईंलाई करिब ४.४ ग्राम फाइबर प्राप्त हुन्छ । ताछेर खानुभए २.१ ग्राम मात्र फाइबर पाइन्छ । बोक्रामा पाइने ‘पेक्टिन’ ले कोलेस्ट्रोल र ब्लड सुगरको स्तरलाई कम गर्छ ।


स्याउको बोक्राको भित्री खण्डमा एन्टिअक्सिडेन्टको मात्रा बढी पाइन्छ । एन्टिअक्सिडेन्टले स्वास्थ्यलाई राम्रो मात्र बनाउँदैन, हामीलाई रोगमुक्तसमेत राख्छ । स्याउको रातो बोक्रामा एन्टिअक्सिडेन्टको मात्रा अपेक्षाकृत बढी हुन्छ ।

स्याउको भित्री झागको दाँजोमा वोक्रामा बढी मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ ।


यसको बोत्रामा भिटामिन ‘ए’ पनि प्रशस्त हुन्छ । हाम्रो शरीरले भिटामिन ‘ए’ आँखाको विकासजस्ता महत्त्वपूर्ण प्रक्रियामा उपयोग गर्छ । एउटा ठीकैको स्याउमा भिटामिन ‘ए’ को करिब ९८ इन्टरनेसनल युनिट (आईयू) हुन्छ ।

स्याउको बोक्रामा भिटामिन ‘सी’ समेत प्रशस्त हुन्छ ।


ठीकैको स्याउ बोक्रैसित खाँदा ८.४ मिलिग्राम भिटामिन ‘सी’ पाइन्छ । स्याउलाई ताछदा भिटामिन ‘सी’ को मात्रा ६.४ ग्राम जतिमा झर्छ । तपाईंको शरीरले यो भिटामिनको उपयोग घाउ निको पार्न र तपाईंभित्रको रोगसँग लडने क्षमता बलियो बनाउनसमेत उपयोग गर्छ ।


स्याउको बोक्रामा पाइने एक प्रकारको तत्त्वले फोक्सोलाई सुचारु रूपले काम गर्न सघाउँछ । बोक्रामा पाइने तत्त्वले मस्तिष्क कोषलाई क्षतिग्रस्त हुनबाट जोगाउँछ ।


मधुमेहको समस्यामा बढदो ब्लड सुगरको स्तर नियन्त्रणमा राख्नसमेत स्याउको बोक्रामा भएका तत्त्वहरूले सघाउँछन् ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?