बहुगुणी झुसे करेला

कान्तिपुर संवाददाता

काठमाडौँ — झुसे करेला/चट्टेललाई धेरै शक्तिबर्द्धक तरकारी मानिन्छ । मैथिलीमा चठैल भनिने यो तरकारीको सेवनले शरीर स्वस्थ्य र तन्दुरुस्त रहन्छ । आयुर्वेद अनुसार चट्टेल स्वादिलो मात्रै होइन स्वास्थ्यबर्द्धक पनि हुन्छ ।

यो प्रोटिनको भण्डार हो । यसमा मासुको तुलनामा धेरै बढी प्रोटिन हुन्छ । चट्टेलमा पाइन फाइटोकेमिकल्स शरीरलाई स्वस्थ बनाउनुको साथै यसमा भएको एन्टिअक्सिडेन्डले रगत सफा राखेर छालासम्बन्धी रोग हुन दिँदैन ।

यसमा मेमोरडिसिन तत्त्व र रेशा (फाइबर) को बढी मात्रा बढी भएकाले शरीरका लागि धेरै फाइदाजनक छ । मेमोरडिन तत्त्व, एन्टिअक्सिडेन्ट , एन्टिडायबिटिक र एन्टिस्टेरसजस्तै काम गर्छ । तौल र उच्च रक्तचापलाई नियन्त्रित गर्नेर् गुण पनि यसमा हुन्छ । यसमा प्रचुर मात्रामा आइरनसमेत पाइन्छ ।

यति मात्र होइन, यसमा क्यालोरीको मात्रासमेत कम हुने भएकाले स्वास्थ्यवर्द्धक छ । दाबी गरिए अनुसार १०० ग्राम चट्टेलको तरकारी खाँदा १७ क्यालोरी प्राप्त हुन्छ । तौल घटाउनेहरूको लागि यो तरकारी राम्रो विकल्प हुन सक्छ । यसले पाचन प्रकृयालाई पनि राम्रो पार्न सघाउँछ ।

झुसे करेलाले रुघाखोकीबाट राहत प्रदान गर्नुको साथै रोक्नसमेत सहयोग गर्छ । यसको सेवनले क्यान्सरको रोगीलाई समेत फाइदा पुग्छ । यसमा भएको ल्युटेनजस्तो केरोटोनोइडसले आँखासम्बन्धी विभिन्न रोग,मुटु रोग, क्यान्सरसमेतको रोकथाममा सहयोग गर्छ ।

प्रकाशित : वैशाख १४, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्

मुम्बइले हरायो चेन्नाइलाई

एजेन्सी

चेन्नाइ — अंक तालिकाको शीर्ष स्थानमा रहेका दुई टिमको भिडन्तमा मुम्बइ इन्डियन्सले शुक्रबार राति चेन्नाइलाई ४६ रनले हराएको छ । जितपछि मुम्बइ १४ अंक भएको छ र दोस्रोमा छ । 

चेन्नाइ भने १६ अंकमा अझै शीर्ष स्थानमा छ। मुम्बइले पहिले ब्याटिङ गर्दै ४ विकेटमा १ सय ५५ रन बनाएको थियो। त्यसमा रोहित शर्माले ६७ रन बनाए र उनी म्यान अफ द म्याच पनि भए।

जवाफमा महेन्द्रसिह धोनीविनाको चेन्नाइले १७.४ ओभरमा अलआउट हुन अगाडि १ सय ९ रन मात्र बनाउन सक्यो।

प्रकाशित : वैशाख १४, २०७६ ०९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्