कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढी एसपीएफ भएको सनस्क्रिन राम्रो

कान्तिपुर संवाददाता

काठमाडौँ — वर्षामा छाताको आवश्यकता पर्छ भने चिसोमा न्यानो कपडा र गर्मीमा सनस्क्रिन । पछिल्लो केही वर्षयता सनस्क्रिनको चलन ह्वात्तै बढेको छ । बजारमा थरीथरीका विकल्प छन् । छालाका प्रकृति र आवश्यकताअनुसार सनस्क्रिनको माग पनि बढेकै छन् ।

बढी एसपीएफ भएको सनस्क्रिन राम्रो

चिकित्सकहरूले पनि परावैजनी किरणको प्रभावलाई कम गर्न सनस्क्रिनको प्रयोगमा जोड दिन्छन् । उनीहरू भन्छन्, ‘सूर्यबाट आउने परावैजनी किरणहरूले छालाको क्यान्सर हुने खतरा छ, त्यसैले यसबाट बच्ने उपाय अवलम्बन गर्न जरुरी छ ।’ तर बजारमा पाइने धेरै सनस्क्रिनहरू असुरक्षित रहेको पनि उनीहरू बताउँछन् ।


यसै वर्षको सुरुमा अमेरिकी खाद्य तथा औषधि विभागले सनस्क्रिनमा प्रयोग गरिने १६ मध्ये १४ रासायनिक तत्त्वहरूलाई ‘सुरक्षित र राम्रो तत्त्व’ को सूचीबाट हटाएको थियो । त्यसपछि त सनस्क्रिनबारे झनै आशंका बढेको छ । धेरैले भन्न थालिसकेका छन्, ‘के सनस्क्रिन सुरक्षित छन् त ?’


बीबीसीका अनुसार भारतको सर गंगाराम अस्पतालका चर्मरोग विशेषज्ञ रोहित बत्राका अनुसार सनस्क्रिन सुरक्षाका लागि आवश्यक भए पनि ठीक मात्रामा यसको प्रयोग गर्नुपर्छ । उनी भन्छन्, ‘हिजोआज बजारमा जुन सनस्क्रिन बिक्री भइरहेका छन् ती फिजिकल मात्रै हुन् । यसमा जिंक अक्साइड या टाइटेनियम अक्साइडको प्रयोग गरिएका हुन्छन् ।


यी धातुजन्य पदार्थ हुन् । यसले छालामा एउटा तह बनाउने गर्छ । पछि पहिना या नुहाउँदा यो पखालिए जान्छ, छालाभित्र छिर्दैन ।’ उनका अनुसार सनस्क्रिनकै कारण भारतमा छालाको क्यान्सर भएको रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन ।


‘तर यसमा पछिल्लो समय प्रयोग गरिने कडा खालको रसायनले छालालाई हानि पुर्‍याउने कुरालाई बिर्सनु हुन्न,’ उनले भने, ‘त्यसैले सनस्क्रिन प्रयोग गर्दा सही उत्पादन छनोट गर्न ध्यान दिनुपर्छ ।’ म्याक्स सुपर स्पेसियलिटी अस्पतालकी अन्कोलजी विभागकी डा. मीनु बालियाका अनुसार सनस्क्रिन खरिद गर्ने बेला छालाको बचाउ गर्ने कुरामा ध्यान दिनु जरुरी छ ।


उनी भन्छिन्, ‘सनस्क्रिन खरिद गर्ने बेला एसपीएफ (सन प्रोटेक्सन फेक्टर) हेर्न बिर्सनु हुन्न । सामान्यतः एसपीएफ १५ भएको क्रिम सजिलै प्राप्त गर्न सकिन्छ तर एसपीएफ ३० भएको क्रिमको छनोट सबैभन्दा राम्रो हो । योभन्दा बढी एसपीएफ भएको क्रिम झनै राम्रो भए पनि त्योभन्दा कम भएको खरिद गर्नुहुन्न ।


बजारमा पाइने हरेक सनस्क्रिनमा एसपीएफको मात्रा लेखिएको हुन्छ । सूर्यको हानिकारक किरण परावैजनीलाई रोक्ने जति बढी एसपीएफ हुन्छ, त्यति नै राम्रो मानिन्छ ।

प्रकाशित : श्रावण ३२, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?