कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुगल म्यापमा एआर

कान्तिपुर संवाददाता

काठमाडौँ — वास्तविक दृश्य वा अवस्थालाई भर्चुअल प्रविधिसँग जोड्नु नै आर्गुमेन्टेड रियालिटी (एआर) हो ।

गुगल म्यापमा एआर

विभिन्न कामका लागि एआर प्रविधिका व्यापक अनुसन्धान जारी छ । गुगलले गत साता आफ्नो म्यापमा एआर प्रविधि परीक्षण सुरु गरेको घोषणा गर्‍यो ।


यो प्रविधिअनुसार गुगल म्यापमा गन्तव्य खोज्दै हिँड्ने प्रयोगकर्ताले आफ्नो स्मार्टफोनको क्यामेरा अन गरी वास्तविक स्थानको तस्बिर लिएरै गन्तव्यको दिशा पहिल्याउन सक्नेछन् । मोबाइलमा देखिन नक्सा मात्रै नभई वास्तविक दृश्यमै दिशाहरू ठम्याउन सकिने भएकाले यो सुविधा बढी प्रभावकारी हुनेछ । अहिले यो केही सीमित स्वयंसेवकमाझ परीक्षण भइरहेको बताइएको छ । तर, सबै उपभोक्ताले कहिलेसम्म यो सुविधा पाउँछन् भन्नेबारे अहिले नै यकिन गर्न नसकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?