कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्स्टामा सेन्सेटिभ स्क्रिन

कान्तिपुर संवाददाता

काठमाडौँ — फेसबुक स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले नयाँ फिचर सार्वजनिक गर्ने भएको छ ।

इन्स्टामा सेन्सेटिभ स्क्रिन

भारतसहित केही देशका प्रयोगकर्ताले परीक्षणका रूपमा यो फिचर देख्न थालेका छन् । सेन्सेटिभ स्क्रिन फिचरले हिंस्रक तस्बिरहरू ब्लर गर्ने जनाइएको छ । इन्स्टाग्रामले यसअघि नै यो फिचर सुरु गर्ने घोषणा गरिसकेको थियो ।


इन्स्टाग्राममा पोस्ट हुने रगताम्य वा शरीर काटिएको जस्ता डरलाग्दा र हिंस्रक तस्बिरहरू कम उमेर समूहका प्रयोगकर्ताले नदेखुन् भन्नका लागि यो फिचर सुरु गरिएको हो । यो फिचरले प्रयोगकर्ताहरूलाई डरलाग्दो देखिने तस्बिरहरू ब्लर गरेर देखाउनेछ । बेलायती स्वास्थ्य अधिकारीले इन्स्टाग्रामलाई यसअघि नै यस्तो फिचर लागू गर्न चेतावनी दिइसकेका छन् । फेसबुकमा भने यसअघि नै मानिसको रगत वा हिंसात्मक तस्बिरहरू देखाउनुअघि सचेत गराउने फिचर छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?