सुपरस्टार
काठमाडौँ — नेपाली फुटबलमा अहिलेको पुस्ताका सबभन्दा ठूला स्टार हुन्, रोहित चन्द । सुर्खेतका उनले व्यावसायिक करिअरको पहिलो सिजन मात्रै स्वदेशमा लिग खेले ।
नेपाली फुटबलमा अहिलेको पुस्ताका सबभन्दा ठूला स्टार हुन्, रोहित चन्द । सुर्खेतका उनले व्यावसायिक करिअरको पहिलो सिजन मात्रै स्वदेशमा लिग खेले । त्यसपछि भारतको आई लिग खेले । र, पुगे इन्डोनेसिया । उनी इन्डोनेसियाको पहिलो डिभिजन क्लब पर्सिजा जकार्तासँग एक सिजनको नयाँ सम्झौता गर्दै फेरि विदेश उडिसकेका छन् । २६ वर्षीय उनको करिअर:
सन् २०१०
क्लब: मछिन्द्र
लिग: सहिद स्मारक ‘ए’ डिभिजन, नेपाल
स्थान: छैटौं
उपलब्धि: लिगको उत्कृष्ट डिफेन्डर
सन् २०१२
क्लब: हिन्दुस्तान एरोनटिक्स लिमिटेड
लिग: आई लिग, भारत
स्थान: १४ औं (रेलिगेसनमा परेको)
सन् २०१३
क्लब: पीएसपीएस पेकनबरु
लिग: इन्डोनेसिया सुपरलिग
स्थान: १८ औं (रेलिगेसनमा परेको)
सन् २०१४
क्लब: पर्सिजा जकार्ता
लिग: इन्डोनेसिया सुपरलिग
स्थान: पाँचौं (पश्चिमी क्षेत्र)
सन् २०१५
क्लब: पर्सिजा जकार्ता
लिग: इन्डोनेसिया सुपरलिग
स्थान: ११ औं
सन् २०१६
क्लब: टि–टिम, मलेसिया
(लिगपूर्व घुँडाको शल्यक्रिया,
पूरा सिजन बाहिर)
सन् २०१७
क्लब: पर्सिजा जकार्ता
लिग: लिग वन, इन्डोनेसिया
स्थान: चौथो
सन् २०१८
क्लब: पर्सिजा जकार्ता
लिग: लिग वन, इन्डोनेसिया
उपलब्धि:
– लिग च्याम्पियन
– इन्डोनेसिया कपको उपाधि
– एएफसी कपको नकआउट चरण
– लिग वनको सर्वोत्कृष्ट खेलाडी