कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इनबक्स बन्द

काठमाडौँ — चर वर्षअघि सुरु भएको जिमेलको मोबाइल एप इनबक्स बन्द भएको छ  । कम्पनीले यो एप आधिकारिक रूपमा बन्द गरेको घोषणा यसै साता गरेको छ  ।

इनबक्स बन्द

गुगलले इनबक्स एपका प्रयोगकर्तालाई गत सेप्टेम्बरमै सेवा बन्द हुने घोषणा गर्दै जिमेल एप प्रयोगका लागि आग्रह गरेका छन् । अब पनि इनबक्स एप नै प्रयोग गरिरहेका प्रयोगकर्ताहरू स्वतः जिमेलका प्रयोगकर्ता बन्नेछन् ।


गुगलले इनबक्स एपमा भएका सबै फिचरहरूसहित नयाँ जिमेल एप सार्वजनिक गरेको थियो । केही महिनाअघि मात्रे रिडिजाइन भएको एपमा सेक्रेट इमेल पठाउने, एउटा समयमा पठाएको इमेल कुनै निश्चित समयमा मात्रै जाने गरी समय सेट गर्न मिल्ने खालका नयाँ फिचरहरू समावेश छन् । जिमेलको विश्वभर डेढ अर्ब प्रयोगकर्ता छन् ।

प्रकाशित : चैत्र २२, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?