कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कति राम्रो बगैंचा

काठमाडौँ — सत्रपत्री, गोदावरी फुले मखमली,
हामीलाई याद आयो फेरि झलझली ।

जाही, जुही, चमेली र अरू फूल फुल्दा,

मन ज्यादै रमाउँछ पारिजात फुल्दा ।

राता, नीला, पहेँला यी कति राम्रा फूल,

जथाभावी टिप्दै फाल्ने गर्नुहुन्न भूल ।

फूल फुल्दा आँप, आरु कति राम्रा लिची

फल फल्छन् मान्छे खान्छन् काँकै मिचीमिची

काँचै फल खानुहुन्न पाक्न दिनुपर्छ,

पाकेपछि फल आफैं बोटबाट झर्छ ।

जताततै मिलेको छ राम्रो बगैंचा,

हरियाली दुबो भयो हाम्रो गलैंचा ।

प्रकाशित : पुस २२, २०७५ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?