कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिशिर ऋतु

कविता

काठमाडौँ — किन आउँछ शिशिर ऋतु जाडो धेरै ल्याउन, किन सूर्य लाज मान्छ जमिनमाथि च्याउन ? 

रुन्छे चरी विरहले ठण्डी बढीबढी,

त्यो टुहुरो पाटीभित्र बसेको छ लडी ।


च्यादर छैन दिऊँ भने जाडोलाई छल्न,

कठयाँग्रेका झिँजा दाउरा सक्दैन कि बल्न ।

एक घुट्को तातो पानी कसले देला पिउन ?

सक्दैन कि जाडोबाट जोगिएर जिउन ?

रुबिका खड्का, कक्षा–१०

ब्रिटिस गोर्खा एकेडेमी, बाँसबारी, काठमाडौं

प्रकाशित : पुस २९, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?