कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वनको सान

काठमाडौँ — बाघ प्यान्थरा (Panthera) वर्गअन्र्तगत पर्ने ठूलो बिरालो समूहको सबैभन्दा ठूलो र शक्तिशाली जनावर हो । बाघका प्रजातिहरूमध्ये वैज्ञानिक नाम प्यान्थरा टाइग्रिस टाइग्रिसले (Panthera Tigris Tigris)  चिनिने पाटेबाघ नेपालको रैथाने जनावर हो ।

वनको सान

यो बाघ मुख्यत: नेपाल, भारत, बंगलादेशजस्ता देशमा पाइन्छन् । नेपालमा भित्रने पर्यटक बाघ हेर्न पनि आउने गर्छन् ।

विश्वमा बाघको संख्या घट्दै गइरहेको छ । वनजंगल फँडानीका कारण बासस्थानको विनाश, वन्यजन्तुको चोरीसिकारी आदि क्रियाकलापले बाघका साथसाथै अरू वन्यजन्तु पनि दिनानुदिन संकटमा पर्दै छन् । यस्ता क्रियाकलाप रोक्न वन्यजन्तु संरक्षण अभियान सञ्चालन भएका छन् । विभिन्न योजनाहरू पनि निर्माण भएका छन् । सन् २०१८ को गणनाअनुसार नेपालमा बाघको संख्या १ सय ९८ बाट बढेर २ सय ३५ पुगेको छ । तीमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६, पर्सा राष्ट्रिय निकुञ्जमा १८, बाँके राष्ट्रिय निकुञ्जमा २१, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, चितवन राष्ट्रिय निकुञ्जमा ९३ बाघ छन् ।

रुपेश गौतम, कक्षा–९

रत्नराज्य मावि, बानेश्वर, काठमाडौं

प्रकाशित : पुस २९, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?