कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घाम लागे हुन्थ्यो 

काठमाडौँ — चिसो चिसो सिरेटोले हिमाल नाघे हुन्थ्यो
जाडो भयो पारिलो घाम लागे हुन्थ्यो

घाम लागे हुन्थ्यो 

चिसो चिसो सिरेटोले हिमाल नाघे हुन्थ्यो

जाडो भयो पारिलो घाम लागे हुन्थ्यो


न त बस्ती देखिने न त मान्छे देखिने

कुहिरामै अल्झिएर घाम पनि छेकिने

यति बाक्लो अँध्यारो कुहिरो भागे हुन्थ्यो नि

हुस्सु कुहिरो भगाउन घाम लागे हुन्थ्यो नि


रुँदैछ त्यो फुच्चे भाइ मेरो छेउ आएर

च्यातिएका मैला र थोत्रा लुगा लाएर

आमासँग गतिलो नाना मागे हुन्थ्यो

गरिबका आङमा न्यानो घाम लागे हुन्थ्यो


-रमेशचन्द्र घिमिरे

प्रकाशित : माघ ६, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?