कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरस्वती माता

काठमाडौँ — विद्याकी देवी हे १ सरस्वती
सद्बुद्धि देऊ नबिग्रोस् मति
प्रणाम गर्छु जोडेर हात
आशिष् देऊ छोएर माथ

निपुण बन्छु विद्या पढेर
अगाडि बढ्छु सेवा गरेर
सरस्वती माता तिमी नै भन
पढ्ने र लेख्ने छ मेरो मन

पढ्ने र लेख्ने मात्रै छ काम
गुनिलो बनी राख्दछु नाम
ठूलो म होइन असल बन्छु
अगाडि बढ्ने बाटो म खन्छु

सरस्वती माता, पढ्छु र खेल्छु
दु:ख र सुख जे परोस् चल्छु
सबैलाई देऊ आशिष् तिमी
अगाडि बढ्छौं साथीभाइ मिली

प्रकाशित : माघ २७, २०७५ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?