सानी छोरी

कान्तिपुर संवाददाता

काठमाडौँ —  सानी छोरीभन्दाभन्दैहास्तै बोल्न थालिन्,ता ता तु तुबोल्दाबोल्दैपढ्न पनि थालिन्  ।

क ख अ आ
ए बी सी डीे
सुन्दासुन्दै सानी
आफैंआफैं
एक्लै–एक्लै
गुन गुनाउन थालिन्,
बाबा आमा
छोडी छोडी
एक्लै हिँड्न थालिन् ।

हेर्दा खेरी
सारै सानी
धेरै बाठी ज्ञानी,
गीत गाउन
जान्न थालिन्
नाच्न पनि थालिन्
बाआमा र गुरुलाई,
डाक्न पनि थालिन् ।
-मोहन लुइँटेल

प्रकाशित : चैत्र २४, २०७५ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्

फुल्यो लालीगुराास

कान्तिपुर संवाददाता

काठमाडौँ —  वसन्तको यामसँगैउर्म्र्यो दुबो–घाँस,यही मौकामा पाखाभरिफुल्यो लालीगुराँस  ।

हराभरा मौसम देख्दा
जाग्यो सबमा नयाँ आस,
प्रकृतिलाई सजाउँदै
फुल्यो लालीगुराँस ।

वसन्तमा कोइलीको
आवाज हुन्छ खास,
भीरपाखामा शोभा छर्दै
फुल्यो लालीगुराँस ।

हुस्सु, कुहिरो, ठन्डीजति
भयो अब सबै नास,
वसन्तलाई स्वागत गर्दै
फुल्यो लालीगुराँस ।
िअदिश गौतम, कक्षा–५
काञ्जिरोवा नेसनल मावि, काठमाडौं

प्रकाशित : चैत्र २४, २०७५ १२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्