कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घडीभित्र छडी

ओरालोमा झरी कैले उकालोमा चढी,नथाकेर घुम्छन् सधैं घडीभित्र छडी  ।

घडीभित्र छडी

कान्छो भाइ जाँगरिलो छिटो फन्का मार्छ,
अल्छी गर्छ माइलो भाइ खुट्टा ढिलो सार्छ ।
जेठो भाइ जैल्यै बस्छ टक्क अडी अडी,
तर आफ्नै सुरमा घुम्छन् घडीभित्र छडी ।

बाह्र वटै देशमा पुग्छन्, हेलो हाई गर्छन्,
बाह्र बजे तीनै भाइ भेट्छन् मक्ख पर्छन् ।
यात्रा यिनको गज्जबको छ, हुन्न गडबडी,
घुम्छन्, घुम्छन्, घुमिरहन्छन् घडीभित्र छडी ।

समयलाई चिन्नुपर्छ भन्ने पाठ पढौँ,
हामी पनि यसरी नै अघि अघि बढौँ ।
भोलि विद्वान् हुनुपर्छ आज धेरै पढी,
मीठो सन्देश दिँदै घुम्छन् घडीभित्र छडी ।
िरमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

प्रकाशित : वैशाख २९, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?