कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छात्रालाई पढ्न सहयोग

अभेक पौडेल अमेरिकाको ओहायो राज्यमा कक्षा १२ मा पढ्छन्  । उनले बाबा दामोदर पौडेल र आमा सञ्जु महतोबाट नेपालमा धेरै बालबालिकाले आर्थिक अभावका कारण पढ्न नपाएको सुन्दै आएका थिए  ।

छात्रालाई पढ्न सहयोग

यो कुरा उनको मनमा बिझिरहेको थियो । उनले त्यस्ता बालबालिकालाई पढ्न सघाउने सोच बनाए र आफू अध्ययन गर्ने ओहायोस्थित युनिटो हाई स्कुलका सहपाठीलाई सुनाए । साथीहरूले पनि ‘सहयोग गर्छु’ भनेपछि मिलेर सहयोग संकलन थाले । उठाउँदै जाँदा २ हजार ७ सय ७६ डलर संकलन भयो ।


उनले उक्त रकम नेपालमा काम गरिरहेको हेफर इन्टरनेसनलका कर्मचारीद्वारा सञ्चालित ‘गर्ल चाइल्ड एजुकेसन कार्यक्रम’ लाई हस्तान्तरण गरेका छन् । ‘मेरो यो सानो पहल हो, यसलाई अझै निरन्तरता दिनेछु,’ अभेकले भने । उनका बुबा दामोदरले उक्त सहयोग आर्थिक समस्याले स्कुल छाड्न बाध्य किशोरीहरूलाई छात्रवृत्ति दिने गरी हस्तान्तरण गरिएको बताए । हेफर इन्टरनेसनलका कन्ट्री डाइरेक्टर शुभनारायण महतोले उक्त रकमबाट कम्तीमा ४० छात्रालाई सहयोग पुग्ने जानकारी दिए । हेफरका कर्मचारीको मासिक तलबको निश्चित रकम कटाएर सञ्चालन गरिएको बालिका शिक्षा कार्यक्रमबाट पनि अहिलेसम्म १ हजार ९ सय ५१ विद्यार्थीले छात्रवृत्ति पाएको उनले सुनाए ।

प्रकाशित : जेष्ठ २६, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?