कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

अठोट

हुनुपर्छ आफूभित्र मैले केही गर्छु,यो धर्ती नै चम्काउने, यौटा बीज छर्छु  ।

संसारमा विचित्रको
यस्तो बाटो कोर्छु,
विकासको जताततै
यहाँ मूल फोर्छु ।

छोड्दिनँ म कैल्यै पनि
मेरो आफ्नो धर्म,
निरन्तर पालन गर्छु
सँधै आफ्नो कर्म ।

संघर्षले भएका छन्
मान्छे ठूला–ठूला,
बाल्न सक्छु मैले पनि
भोलि सबका चुल्हा ।

भाग्यशाली अधिकारी

प्रकाशित : असार १५, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?