कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हजुरआमा

 
मेरी प्यारी हजुरआमा,साह्रै नै छिन् ज्ञानी  । सबैलाई माया गर्ने,उनको राम्रो बानी  ।

हजुरआमा

चौबन्दी र धोतीमा नै,
हुन्छिन् परी जस्ती ।
जे गर्न नि अघि सर्छिन्,
जाँगरिली कस्ती ।।

आफू भोकै बसी उनले,
भर्छिन् सबको पेट ।
सानाठूला सबैलाई,
देख्छिन् उनी एक ।।

कहिलेकाहीँ एक्लै बसी,
धुरुधुरु रुन्छिन् ।
थाहा छैन मनमा उनले,
के–के कुरा गुन्छिन् ।।

अब मैले पुछ्नुपर्छ,
उनका आँसु धारा ।
पखाल्ने छु आजैदेखि,
उनको पीर सारा ।।

ललिता ‘दोषी’

प्रकाशित : असार १५, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?