कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

राम्रो बानी

हाम्रो काम पढ्नेलेख्ने खेल्ने रमाउने ।
बाआमालाई घरको काम गर्न सघाउने ।।
सफा गर्नुभन्दा राम्रो फोहोर गर्नु हुन्न ।
सफासुग्घर भई बसे रोगले पनि छुन्न ।।

राम्रो बानी

छिटो सुत्ने छिटै उठ्ने साह्रै राम्रो बानी ।
स्वस्थ हुन खालि पेट खाऔँ तातोपानी ।।
अह्राएको मान्नुपर्छ घरमा बाआमाले ।
ज्ञानी भए माया गर्छन् गाउँघर साराले ।।

मिठो बोली शिष्ट व्यवहार हाम्रो सम्पत्ति ।
झूटो बोल्ने ठगी चोरी गर्नुहुन्न रत्ति ।।
घरबाहिर खेल्न जाँदा आमालाई सोध ।
पढ्दा खेल्दा घुम्न जाँदा असल साथी रोज ।।

मिहिनेतको फल मिठो सफा अक्षर लेख ।
ज्ञानी भई ठूलो मान्छे बन्ने सपना देख ।।
बाल्यकाल नै भविष्यको उज्वल बन्ने आधार ।
बन्न सक्छौ भोलि तिमी देशको कर्णधार ।।


त्रुशा दाहाल
कक्षा–६, एभरेस्ट इंग्लिस स्कुल, भक्तपुर

प्रकाशित : असार २९, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?