१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

लोभीपापी गरुड

विश्वमै दुर्लभ चरामध्येको लोभीपापी गरुड हालै धादिङमा देखिएको छ  ।

लोभीपापी गरुड

नेपालमा पाइने ८ प्रजातिका गरुडमध्ये सेतो घाँटी भएको, ठोडको चुच्चो रातो भएको, अलिक होचो देखिने गरुड हो– लोभीपापी । तराईमा घोगिला वा घम्फोरी, पहाडमा हिले गिद्ध, ढुंगीफोर, भुँडीफोर जस्ता नामले चिनिने यो चरालाई छिमेकी देश भारतमा ‘वकिल साब’ पनि भनिन्छ । कालो शरीर र सेतो टाउकोले गर्दा कालो कोट लागेको वकिलजस्तो देखिने हुनाले यस्तो भनिएको चरा विज्ञहरूको आँकलन छ । यो अरू गरुडभन्दा अलि लजालु मानिन्छ । ठूलो पखेटाको मद्दतले लामो दूरी र धेरै उचाइसम्म उड्न सक्छ । सुक्खा अथवा छिपछिपे पानी भएको स्थानमा आफ्नो खानाको सिकार गर्ने यो गरुड धेरैजसो एक्लै अथवा जोडीमा देखिन्छ । समुद्री सतहदेखि हजार हजार मिटरसम्मको उचाइका सिमल, साल, आप, सल्ला, सिसौजस्ता रुखमा गुँड बनाउँछ ।

गरुडहरू मांसहारी हुन्छन्, यो गरुडको विशेष आहारा भने खेतबारीका विषालु सर्प, माछा, भ्यागुता, छेपारो र साना कीरा हुन् । लोभपापी गरुडको घट्दो संख्याले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोषको रातोसूचीमा ‘संवेदनशील’ भनिएको छ भने नेपालमा संकटको नजिक प्रजातिको सूचीमा राखिएको पन्छी संरक्षण संघका विज्ञ कृष्ण भुसालले बताए । सिन्धुपाल्चोकको कुतुमसाङमा २,४७० मिटर र मनाङको भार्का गाउँनजिक ३,५४० मिटर उचाइमा पनि यसको अभिलेख गरिएको छ, जुन लोभीपापी गरुड दक्षिण एसियामै अग्लो स्थानमा फेला परेको रेकर्ड हो ।
शब्द/तस्बिर ः हरिहरसिंह राठौर

प्रकाशित : भाद्र १, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?