१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

इन्जिनियर भाग्य

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्जिनियर भुवन चन्द ठकुरीले जिन्दगीमा धेरै कुरा भोगे र देखे । त्यसलाई उनले निकै मिलाएर लेखेका छन् ।

इन्जिनियर भाग्य

बैतडीको झुलाघाट हँुदै काठमाडौं, रुस, भारतलगायतमा चन्दले भोगेका घटना दायाँबायाँ हुँदै अघि बढ्छन् । ठकुरीका जीवनमा अनेक संघर्षका छालहरू आएका छन्, ती छालले लेखकको विवेक र चिन्तनलाई हानिरहेको छ । प्रारब्ध (भाग्य) नाम दिएको यो संस्मरण कृति लेखकले आफ्नै भाग्यलाई उधिनेका छन् ।


महाकाली नदीमा डुबेर बाँचेका हुन् इन्जिनियर चन्द । उनी विद्युत् प्राधिकरणको महाप्रबन्धक तहसम्म पुगेर अवकाश लिए । धामी झारफुकमा भर पर्ने परिवारमा भुवनका बुबालाई धामीले तत्कालै मरिहाल्ने घोषणा गरेका थिए तर, उनै बुबा २० वर्षभन्दा बढी बाँचेको सन्दर्भ पनि उत्तिकै रोचक छ । रुसमा इन्जिनियरिङ पढ्दाका धेरै रोचक पक्ष छन् । आफूले भोगेका विषयमा बुट्टा भर्ने कोसिस उनको छ । कतिपय नलेखे पनि हुने विषय उनले लेखेका छन् । अवकाश लिन आधा घण्टा मात्र बाँकी रहँदासमेत हाकिमको कर्तव्य पूरा गरेको विषय पनि रमाइलो छ ।


लेखक चन्दको भनाइ छ— समयले सबै कुरा (घटना र पात्र) धूमिल पार्दै जान्छ । अहिले ती सम्झेर त्यत्तिको खुसी वा दु:खी भइन्न, जत्तिको ती हुँदाखेरि भइएको थियो । तर, स्मृति त रहन्छ नै । इन्जिनियर चन्दको स्मृति लेखाइ ‘प्राविधिक’ छैन, यो सबैभन्दा सुखद पक्ष हो ।


प्रकाशित : फाल्गुन ४, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?