मरूभूमिमा एउटा कवि (समर्पण कवि गण्डकीपुत्रलाई)

नारायण ढकाल

काठमाडौँ — सपना पछ्याउादै मेरो कवि साथी मरुभूमिको सहरमा आइपुगेछ उराठलाग्दो एकान्तकुनै रङ नभएको भूचित्रमाटो होइन बालुवा होइनन त ढुङ्गाहरूको बगैंचा होसपना पछ्याउादै मेरो साथी मरुभूमिको सहरमा आइपुगेछ

मरुभूमिको सहरमा आइपुगेछ

ऊ एउटा मोटेलमा काम गर्छ
तर उसको हातमा हत्कडीझैं सधैं
काव्यको एउटा किताब हुन्छ
जब ऊ पाना पल्टाउाछ
यमराजको चेतावनीजस्तै मोटेलको फोन बज्छ
त्यो फोन बज्नलाई कुनै नियम र तालिका चाहिादैन
बिहान, दिउसो र रात जुनसुकै बेला त्यसको कुरुप स्वरले
कविलाई तर्साइरहन्छ
त्यसपछि ऊ किताब बन्द गर्छ
यसरी उसको सपना, उसको भविष्य र उसको कवित्व
सबै सत्यानास पारिरहेछ मोटेलको फोनको घन्टीले

यो सहरमा आएदेखि उसले चैनसित
एउटा सिङ्गो कविता पढ्न पाएको छैन
यो मरुभूमिमा आएदेखि उसले भावुक भएर
एउटा सिङ्गो कविता लेख्न पाएको छैन
चेक इन, चेक आउट, रिजर्भेसन र क्यान्सिलको रुखो काममा
मात्र उसको महाभारत बितिरहेको छ

ए रिजक्रिस्ट  ए मरुभूमिको सहर 
तिम्रोमा—
कुन दिन मरेको थियो प्रकृति ?
कुन दिनदेखि उदाएको थियो पराइ सूर्य ?
कुन दिनदेखि चल्नथालेको थियो यो नुनिलो— खस्रो बतास ?
र कुन दिनदेखि हराएको थियो मानिसको सपना ?

रिजक्रिस्ट—
मृत्युउपत्यका पस्ने एउटा ढोका
दन्त्यकथाका जस्ता साना दैत्याकार घर
पैसाको जगमा उभिएका वृक्ष
र नाफाको होडमा थिचिएका आाखा
रिजक्रिस्ट नामको त्यही सहरमा आएको थियो
अर्द्ध शताब्दी पारगरेको मेरो कवि साथी
आफैंसाग लडिरहेको
पुरानो सपना च्यातेर नयाा सपना कुरिरहेको
जीवनको एउटा मूर्त अध्याय सकेर
अर्को अमूर्त अध्याय लेखिरहेको

रिजक्रिस्टबाट केही माइल कटेपछि
मृत्यु—उपत्यका आउाछ
त्यहाा सदैव टल्किरहेका हुन्छन् नक्कली तालहरू
इतिहासमा कैयौं यात्रुहरूले ज्यान गुमाएका थिए तिनलाई पछ्याउादा
कैयौं तिर्खाएका घोडाहरू मरेका थिए पानीको आसमा
र अहिले म हेरिरहेको छु कवि मित्रका आाखाहरूमा बााच्नुको सकस
र मृत्यु—उपत्यकाको मिराजको छाया

एउटा कठोर सपना पछ्याउादै
मेरो नेपाली मित्र
विवेक मरेको मरुभूमिमा आइपुगेको छ
र यहाा आएपछि उसले
आफू र आफ्नै परिचयलाई गुमाएको छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ १२:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ध्यानी बकुल्ला

रमेशकुमार पौडेल

काठमाडौँ — भरतपुर बरन्डाभार जंगलभित्र छ राइनो ताल  । यस तालमा विभिन्न प्रजातिका पानी चराहरू फाट्टफुट्ट भए पनि देखा पर्न थालेका छन्  ।

फागुन १८ गते शनिबार तालको बीचमा रहेको सुकेका रुखको टुप्पामा एउटा अलि अनौठो चरा देखियो । त्यो चरा ‘पर्पल हेरन’ अर्थात नेपालीमा ध्यानी बकुल्ला थियो । चरा संरक्षणकर्मी बासु बिडारी यो बकुल्ला चितवनमा निकै घट्दै गएको बताउँछन् । पछिल्लो गणनामा यो हिउँदे पानी चरा पूर्वी चितवन क्षेत्रमा दुईवटा मात्रै देखा परेको बिडारीले बताए ।लामो खुट्टा र लामो घाँटीले गर्दा यो अन्य बकुल्लाभन्दा फरक देखिन्छ । माछा/भ्यागुता यसको मुख्य आहार हो । त्यसैले यसले पोखरी, तलाउ वा खोला नजिक बसेर बडो ध्यानपूर्वक माछा–भ्यागुताको चाल पहिल्याउने गर्छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ १२:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT