चिसो झेल !
काठमाडौँ — केहीअघि दैलेखको गुराँसे पुगिएको थियो । गर्मी बढिरहेका बेला चियो पेय मागियो ।
सँधै चिसो पिइरहेकाले यसको फरक स्वाद जिब्रोले थाहा पाइहाल्यो । वल्टाइपल्टाइ गरेर हेर्दा पो थाहा भयो, यो चिसोमा त झेल रहेछ । चलेका ब्रान्डको नक्कल गरेर बेस्वादका पेयको बिक्री खुलेआम भइरहेको रहेछ । बजार अनुगनमका गफ निकै सुनिने बेलामा यस्ता नक्कली ब्रान्डदेखि ती अनुगमन सहरका मात्र होहल्ला हुन्जस्तो लाग्यो । सक्कली पेयलाई त स्वास्थ्यका लागि हानिकारक भनिइरहेको बेला त्यसको पनि नक्कलीले के बिजोग गराएको होला ?
प्रकाशित : चैत्र २, २०७५ १३:४५प्रतिक्रिया